बाँकेमा एकजना कोरोना संक्रमितको मृत्यु



Download our app to get more features

नेपालगञ्ज, ९ कात्तिक ।  भेरी अस्पताल नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार, बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ की ४८ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको हो ।

कात्तिक ३ गते भेरीमा पीसीआर जाँच गर्दा पोजिटिभ देखिएपछि ५ गते भर्ना गरिएको थियो । उनको मंगलबार बिहान ७ः५० बजे मृत्यु भएको हो। योसँगै बाँकेमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संखया ३ सय ३८ पुगेको छ ।

Last modified on 2021-10-26 16:54:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts