शुक्रबार १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल ल्याइँदै



Download our app to get more features

काठमाडौं,१७ मंसिर । शुक्रबार १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल ल्याइँदै छ । उक्त खोप कोभ्याक्स सुविधा अन्र्तगत नेपाल ल्याउन लागिएको हो । 

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा.रुद्र मरासिनीका अनुसार खोप कतार एअरवेजबाट नेपाल ल्याइँदै छ । 

उनले भने,'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिउसो २:३० बजे प्लेन ल्याड हुने भन्ने कुरा छ,समय अलकति तलमाथि पनि हुनसक्छ।' 

मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने सरकारको तयारी  छ । तर औपचारिक निर्णय भने भइसकेको छैन् ।

विश्व स्वास्थ्य संगठनले मोडर्ना खोप १२ वर्ष माथिको उमेर समूहलाई लगाउन सक्ने गरी अनुमति दिएको छ । नेपालले डव्लुएचओको नीति अनुसरण गर्ने भएकोले यो खोप पनि १२ देखि १७ वर्ष उमेर समूहलाई दिने योजना बनाइएको बताइएको छ ।

यसअघि अमेरिकी अर्को खोप फाइजर आउँदा सो खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो ।

मोर्डना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

Last modified on 2021-12-03 20:37:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts