पाठेघरमा मासु पलाएको कसरी थाहा पाउने ?



Download our app to get more features

धेरै महिलामा पाठेघरमा मासु पलाउने समस्या देखिने गरेको छ । यसरी आफ्नो पाठेघरमा मासु पलाएको थहा पाउन आफूमा यी समस्या छ वा छैन हेरेर थहा पाउन सकिन्छ ।

यस्ता समस्या देखापरेमा तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ । 

पाठेघरमा मासु पलाएको  यसरी थहा पाउन सकिन्छ :

– महिनावारी हुँदा धेरै रगत जानु,

 – अत्याधिक पेट दुख्नु,

– महिनावारीको समयमा रगतको डल्ला बाहिर निस्कनु,

–  तर, यस्तो समस्या भएका महिलालाई धेरै दिनसम्म रक्तश्राव भइरहन्छ ।  

–  शरीरमा रगतको कमी भएर एनिमिया हुने, सेतो पानी बग्ने, कमजोरी हुने, थकाई लाग्ने, रिगंटा लाग्ने,

उनीहरुलाई जाँच गरेपछि पाठेघरमा मासु पलाएको थाहा हुन्छ । 

मासु पलाएका कतिपयलाई सन्तान नहुने, गर्भ रहे पनि तुहिने समस्या हुन्छ ।

पाठेघरमा मासु पलाउँदा उपचार गरिएन भने झन् जटिल समस्या आउने गर्छ । 

एकदम कम महिला २ देखि ५ प्रतिशत महिलामा क्यान्सर हुने सम्भावना समेत रहने  स्त्रिरोग विशेषज्ञ डा. रंगिना लाइकंगबम बताउँछिन् । 

Last modified on 2021-10-21 13:55:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts