नियमित सुन्तलाको सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक...

अत्यधिक सेवनले मिर्गौला फेल हुन सक्ने !



Download our app to get more features

चिसो मौसम सुरु हुनासाथ विभिन्न स्वास्थ्य समस्या देखिन थाल्छ । कारण, चिसो सँगसँगै तपाईंको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जान्छ । तापक्रम घट्दै जादा रोगसँग लड्ने क्षमता कमजोर हुनुका साथै छालापनि फुस्रो र सुक्खा हुन्छ भने पाचन प्रणाली पनि कमजोर हुने गर्छ । 

यस्तो अवस्थामा तपाईं आफूलाई स्वस्थ राख्न विभिन्न उपाय अपनाउनुहुन्छ । जसमा तपाईंको खानपानदेखि व्यायाम र दैनिक क्रियाकला पनि समावेश हुन्छ । विशेषगरी चिसो मौसममा पाइने फलफूल र तरकारीको सेवनले तपाईंलाई थप बलियो बनाउने काम गर्छ । चिसो मौसममा पाइने तीनै मौसमी फलफूलमध्येको एक हो, सुन्तला ।

सुन्तला एक यस्तो फल हो जसले स्वस्थ शरीरका साथै तपाईंको छालालाई पनि स्वस्थ राख्ने काम गर्छ । सुन्तलामा पाइने विभिन्न प्रकारका पौष्टिक तत्त्वले तपाईंको स्वास्थ्य र छालाको पनि विशेष ख्याल राख्छ । 

सुन्तलामा पर्याप्त मात्रामा फाइबर पाइन्छ । जसले तौल कम गर्नुका साथै पाचन प्रक्रियालाई पनि बलियो बनाउने काम गर्छ । सुन्तलालाई जुसको रुपमा वा चपाएर खान सकिन्छ । जसले तपाईंलाई फाइदा पुर्याउने काम गर्छ ।

सुन्तलामा पाइने भिटामिन सीले छालालाई स्वस्थ राख्नुका साथै शरीरमा रोगसँग लड्ने क्षमतालाई पनि बलियो बनाउने काम गर्छ । साथै रुघाखोकीमा भिटामिन सी निकै फाइदाजनक मानिन्छ । 

सुन्तलामा पाइने प्लेवोनोइड्स मुटुको रोगबाट पनि जोगाउने काम गर्छ । साथै सुन्तलाको सेवनले रक्त कोषहरूको कामलाई पनि राम्रो बनाउन मद्दत गर्छ । 

युरिनमा साइट्रेटको कमीले पत्थरी हुन सक्छ । साइट्रेट एक प्रकारको साइट्रिक एसिड हो । जुन सामान्यतया सुन्तला जस्ता अमिलो फलमा पाइन्छ । सानो पत्थरी भएका बिरामीले सामान्य अवस्थामा एक गिलास सुन्तलाको जुस खानु उचित मानिन्छ । यसले युरिनमा साइट्रेटको मात्रालाई बढाउने र स्टोन बन्ने सम्भावनालाई कम गरिदिन्छ ।

सुन्तलाको नियमित सेवनले शरीरको कोषहरू नष्ट हुनबाट जोगाउँछ । यसले आइरनलाई सहजै पचाएर रक्तअल्पत्ता हुन दिँदैन, क्यान्सरविरोधी तत्त्वसँग लड्ने काम गर्छ ।

सुन्तलामा फाइबर, क्याल्सियम, फोलेट, राम्रो ग्लुकोज, पोटाशियम र साइट्रिक एसिड पाइन्छ । जसले हड्डिलाई बलियो बनाउनेदेखि विभिन्न स्वास्थ्यको जोखिमबाट जोगाउने काम गर्छ । 

सुन्तलाको नियमित सेवनको फाइदाका साथै केही बेफाइदा पनि हुन सक्छ । त्यसकारण सचेत भएर सेवन गर्नुपर्छ । सुन्तलामा पाइने भिटामिन सी, ग्लुकोज र फाइबरको अत्याधिक सेवन गर्नाले वान्ता हुने, झाडापखाला गराउने, पेटमा दुखाइ हुने, टाउको दुख्ने जस्ता समस्या हुन सक्छ ।

एकैदिनमा ३ देखि ४ वा सोभन्दा बढी सुन्तला सेवन गर्नाले शरीरमा पोटाशियमको मात्रा बढाइदिने र किड्नी फेल गराउने हुन्छ । यस्तै मुटु सम्बन्धी रोगको जोखिम, तौल बढाइदिने काम पनि गराउँछ । 

सुन्तला राख्दा कोठाको सामान्य तापक्रममा घाम आउनेभन्दा पर राख्नुपर्छ । तर, तत्काल खानु हुन्न भने फ्रिजमा राख्ने ।

सुन्तलाको जुस गाजरमा राखेर पिउनु उचित हुन्छ ।

 

(बीबीसी फूड, डा.हन्सा भार्गवद्वारा लिखित)

Last modified on 2021-11-29 16:18:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts