भारतले खोप निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा, अक्टुबरदेखि खोप ल्याउन सकिने



Download our app to get more features

काठमाडौं, ५ असोज । भारतले निर्यातमा रोक लगाएको कोरोनाविरुद्धको खोपमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । 

भारतले खोप निर्यातमाथिको प्रतिबन्ध हटाएसँगै अब नेपालले खरिद गरेको कोरोनाविरुद्धको कोभिशिल्ड खोपको १० लाख मात्रा पनि नेपाल आउने बाटो खुलेको छ । 

भारतीय स्वास्थ्य मन्त्री मनसुख मान्डव्यले सोमवार पत्रकार सम्मेलन गरी आगामी अक्टोबर महिनादेखि कोरोना खोप निर्यात शुरु गर्ने घोषणा गरेका छन् ।

उनले छिमेकी मुलुक र कोभ्याक्सलाई उच्च प्राथमिकतामा राख्ने भन्दै अरु मुलुकलाई सहयोग गर्ने र कोभ्याक्स र छिमेकी प्राथमिकतामा हुने बताए ।

उत्पादित खोप आन्तरिक प्रयोजनका लागि प्रयोग गर्ने भन्दै भारत सरकारले खोप निर्यातमा अघोषित बन्देज लगाएको थियो । अब प्रतिबन्ध हटेसँगै अक्टोबरदेखि नोभेम्बरसम्ममा नेपाल आइपुग्ने छ ।

Last modified on 2021-09-22 07:26:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts