अटिजम कुनै रोग होइन, यो बालबालिकामा हुने एक अवस्था मात्रै होः डा. कार्की



Download our app to get more features
Spark_health_home

अटिजम भनेको के हो ? 
अटिजम भन्नाले बालबालिकामा लाग्ने रोग विशेष नभई एक प्रकारको अवस्था मात्र हो । धेरै मानिसहरू अटिजमलाई रोग भनेर बुझ्ने गर्छन्, जुन गलत धारणा हो । यो एउटा विशेष अवस्था मात्र हो ।  " Autism is the special conditions of the brain" .  यो अवस्था भनेको बालबालिकाको मस्तिष्क विकासमा उत्पन्न हुने एक किसिमको जन्मजात विशेष अवस्था हो । 

सामान्यतया बालबालिका जन्मेपछि उसको शारीरिक विकाससँगै बौद्धिक विकास पनि हुँदै जान्छ । ऊ हिँडडुल गर्नुको साथै सिकाइको सिपलाई प्रयोग गर्ने तथा सामाजिक व्यवहारहरु पनि सिक्दै जाने हुन्छ । तर, अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सिप, सञ्चार सम्बन्धी सिप, र सिकाइको क्षमता कम हुन्छ । छोटकरीमा अटिजम भन्नाले बालबालीकाको मस्तिष्क विकासको क्रममा आउने समस्य हो भन्ने बुझ्नुपर्छ । 

अटिजम हुनुको कारण के हो ? 
यस विषयमा भए गरेका विभिन्न अध्ययन अनुसन्धानले यसको ठोस कारण यही हो भनेर किटान गर्न सकेको छैन् । अटिजमलाई मुलतः वंशाणुगत गुणको प्रभाव हो भन्ने गरिन्छ । यसका आन्तरिक र अन्य कारणहरुमा दम्पत्तीले ३५ वर्ष भन्दा माथिको उमेरमा बच्चा जन्माएमा, २६ हप्ता भन्दा कम समयमा बच्चा जन्मिएमा, कम तौल भएका बच्चा जन्मिएमा, नवजात अवस्थाको बच्चामा विभिन्न प्रकारका रोगको सङ्क्रमण भएमा, एउटा बच्चा र अर्को बच्चाको जन्मान्तर कम भएमा जस्ता कारणहरु पनि अटिजम हुनुमा जिम्मेवार देखिन्छन् ।

अटिजमको सामान्य लक्षणहरु के–के हुन् ? 

  • अटिजम भएका बालबालिकाहरूमा तल उल्लेखित सामान्य लक्षणहरु देखिन सक्छ ः 
  • एक्लै खेल्न मन पराउने
  • आँखा जुधाउन नसक्नु
  • अस्वभाविक रुपमा हाँस्ने वा कराउने
  • उमेर अनुसार बोली नफुट्ने, प्रष्ट नबोल्नु
  • आफू समान उमेरसमूहका साथीहरूसँग घुलमिल हुन मन नपराउने
  • घाउचोट लाग्दा दुखाई महशुस नहुनु, र सामान्य दुखाई हुँदा चिच्याएर रुने कराउने गर्नु
  • साङ्केतिक भाषाको प्रयोग गर्न नसक्नु
  • उमेर अनुसार बौद्धिक क्षमता उत्कृष्ट नहुनु
  • ठूलो आवाज सुन्दा कान थुन्ने झर्को लागेको जस्तो व्यवहार देखाउने
  • एउटै मात्र खेलौना खेलिरहनु
  • सामान्य शिक्षण विधिबाट पठनपाठन गर्न नसक्नु 

यस्ता लक्षण भएका बालबालिकाहरूलाई जोखिमबाट कसरि बचाउने ? 

यस्ता लक्ष्यण भएका बालबालिकाहरूलाई यसको जोखिमबाट बचाउन न्यून जोखिम तर्फ लैजान तल उल्लेखित उपायहरू अपनाउन सकिन्छ:

  • गर्भधाणको समयदेखि जन्म अवस्थासम्म चिकित्सकको सिफारिसमा आवश्यक सप्लिमेन्ट  फोलिक एसिड आदिको सेवन गर्ने ।
  • आफ्नो बालबालिकालाई अभिभावकले अधिकांश समय दिने
  • आफ्नो बालबालिकालाई रचनात्मक काममा क्रियाशिल गराउने
  • आफ्नो बच्चाको मानसिक क्षमताको बारेमा बुझ्न चिकित्सक वा  विशेषज्ञको सल्लाह सुझाव लिने 
  • जति चाँडो बच्चाको अवस्था थाहा हुन सक्यो, त्यति नै उनीहरुको सञ्चार सहज तुल्याउन मद्दत पुग्ने हुन्छ  
  • थेरापीको माध्यमबाट सहज तरिकाले सञ्चार प्रक्रियाका लागि सक्रिय बनाउन सकिन्छ । 
  • यस कामका लागि अटिजम केन्द्रको भूमिका महत्वपूर्ण रहेको हुन्छ । यसमा बच्चाले भन्दा पनि अभिभावकले पहिले थेरापी लिन जरुरी हुन्छ । विद्यालय वा अन्य केन्द्रहरुमा गरिएको थेरापी केही कालको लागि मात्र हुने भएकोले उनीहरुले आफ्नो क्षमता अनुसार थेरापी प्रशिक्षण तालिम लिनु जरुरी छ ।

नेपालमा अटिजमको अवस्था कस्तो छ ? 
अटिजम केयर सेन्टरको तथ्याङ्क अनुसार हाल नेपालमा ३ लाख बालबालिकामा अटिजमको अवस्था रहेको उल्लेख छ । वास्तवमा यो तथ्याङ्क भन्दा धेरै बालबालिकाहरुमा अटिजम रहेको अनुमान गर्न सकिन्छ । किनकी ग्रामीण क्षेत्रका बाबुआमाहरु यसको जानकारीबाट बञ्चित रहेको पाइएको छ । शहरी क्षेत्रमा रहेका व्यक्तिहरु पनि यसको जानकारीबाट बञ्चित छन् । पहुँच भन्दा टाढा छन्, यसका कारण अटिजमबारे अझैपनि अवगत रहेको कारणले बालबालिकाहरुमा यसको जोखिम बढेको छ । 

नीति निर्माणको तहमा रहेका नेपाल सरकारका विभिन्न निकायहरु मध्ये यस स्वास्थ्यको अवस्थाको बारेमा सामान्य संसोधन भएको भएतापनि राष्ट्रिय योजना आयोगको नीति निर्माणको तह बजेट कार्यक्रम र कार्यन्वयनको तहमा देखिएको समस्यालाई राज्यले त्यति महत्वपूर्णका साथ संशोधन गरेको देखिँदैन । त्यसैगरि यो अवस्थामा कानुन संशोधन गर्ने, संस्थागत प्रणाली, जनशक्ति विकास तथा विशेष शिक्षा एवं  तालिमको भरपर्दो विकास हुन सकेको देखिँदैन ।

 

(डा. कार्की सेन्टर अफ अटिजममा रहेर अटिजम भएका बालबालिकाको हेरचाह र उपचार गर्दै आएकी छन् ।)

Last modified on 2021-09-14 15:41:45

alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts