क्यान्सरको औषधि प्रयोग गर्दा अपनाउनु पर्ने सावधानीबारे जानौं



Download our app to get more features

क्यान्सर रोगथामको लागि प्रयोग हुने औषधि अर्थात एन्टी क्यान्सर ड्रग्स ‘केमो’ अन्य औषधिको तुलना धेरै असर तथा दुष्प्रभाव गर्ने हुन्छन् । क्यान्सर भएको व्यक्तिले एक वा एक भन्दा बढी औषधिहरू क्यान्सर निदानको लागि प्रयोग गरिरहेका हुन्छन् । ती औषधिको प्रयोग गर्ने प्रविधिलाई केमोथेरापी भनिन्छ । यस्ता औषधिको लापरवाहीपूर्ण सेवन गर्ने र गराउनेलाई जोखिम धेरै हुन्छ । क्यान्सर उपचारमा विभिन्न प्रकारका किमोथेरापी बनेका छन् । हरेक औषधिको प्रयोग गर्ने तरिका फरक छन् । साथै केमोथेरापी फरक हुन्छन् । किमोका केही औषधि सुइमार्फत नशामा लगाइन्छ भने केही केमो मुखबाट खानु पर्ने पनि हुन्छ । 

केमोथेरापी कुन प्रयोग गर्ने भन्ने विषय क्यान्सरको प्रकार, बिरामीको अवस्था र उमेरको आधारमा चिकित्सकले निर्णय गर्छन् । यी औषधिले सामान्य कोषलाई समेत असर गर्ने हुँदा निम्न कुरामा ध्यान दिन जरूरी छ :

१. यस्तो औषधि सेवन गराउदा छुट्टै स्थानको व्यवस्था गर्नुपर्छ ।

२. गर्भवती, स्तनपान गराइरहेकी महिलाको नजिक तथा उनीहरूको सम्पर्कमा क्यान्सरका औषधिहरू सेवन नगर्ने, नगराउने ।

३. यस्ता औषधिमा सचेतमुलक लेवल टाँसी भण्डारणमा समेत जानकारी गराउने ।

४. यदि औषधि प्रयोग गर्दागर्दै एक्कासी रोक्नु पर्ने भए वा औषधिको म्याद सकिए प्रतिस्थापन तथा व्यवस्थापन गर्नुपर्ने भएमा चिकित्सक वा फर्मासिष्टसँग परामर्श लिने ।

५. औषधि सेवन गर्दा खुल्ला हातले प्रयोग नगर्ने वा नगराउने ।

६. बच्चा र अन्य परिवारको पहुँचबाट टाढा राख्ने ।

७. औषधिले अन्य असर तथा समस्या देखिएमा चिकित्सक वा फर्मासिष्टसँग सल्लाह लिने ।

८. चिकित्सक, फर्मासिष्ट नर्सहरूले औषधि प्रयोग गर्दा, बिक्रिवितरण तथा औषधिजन्य सेवा दिदा सचेत भई अस्पतालको निर्देशन बमोजिम कार्य गर्ने ।

९. औषधि अस्पतालमा भण्डारण गर्दा छुट्टै ठाउँमा गर्ने तथा अन्य औषधिसँग नराख्ने ।

१०. क्यान्सरका औषधिहरू सुरक्षित, सुक्खा ठाउँमा राखी घामबाट सुरक्षित राख्ने ।

११. क्यान्सरका औषधि विक्रिवितरण गर्ने ठाउँमा सचेतमुलक जानकारी तथा चिन्हहरू राखी जानकारी गराउने ।

१२. बिक्रिवितरण तथा औषधि प्रयोग गर्ने, गराउने स्वास्थ्यकर्मीलाई तालिम तथा प्रयोगात्मक शिक्षा दिने ।

Last modified on 2021-10-20 14:39:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts