पाठेघरको मुखको क्यान्सरबाट जोगिन समयमै स्क्रिनिङ्ग गराऔं:डा.कार्की



Download our app to get more features

नेपालमा पाठेघरको मुखको क्यान्सर क्यान्सरमध्येमा सबैभन्दा धेरै हुने क्यान्सरको रुपमा देखिएको छ ।

पाठेघरको मुख भन्नाले पाठेघरको तल्लो भाग भन्ने बुझिन्छ । पाठेघरको मुखको स्क्रिनिङ्ग गर्नका लागि पाठेघरको मुखको पानीको जाँच गर्नुपर्छ । यो ठूलो संख्यामा टेस्ट गरिन्छ ।

स्क्रिनिङ्गबाट भविष्यमा क्यान्सर हुन सक्ने खालका सेलहरु छन् कि छैनन् भन्ने कुरा पता लगाउन सकिन्छ । स्क्रिनिङ्ग १५ वर्षदेखि ६० वर्षसम्मको महिलाहरुमा गरिन्छ ।

समयमा नै पाठेघरको मुखको स्क्रिनिङ्ग गरेमा पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सक्छौं । पाठेघरको मुखको क्यान्सर एकैचोटि नभएर विस्तारै १५ देखि २० वर्ष पछि देखिन् सक्छ । तर सुरुमा नै पता लगाउन सकेमा क्यान्सर हुनबाट बचाउन सकिन्छ ।

नेपालमा भौगोलिक विकटताका कारण गाउँगाउँमा पाठेघरको मुखको स्क्रिनिङ्ग कार्यक्रम नहुँदा वर्षेनि लगभग १ हजार ३ सय महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ ।

उपत्यकामा स्क्रिनिङ्गमा एचपीभी डिएनए टाइपिङ्ग गरिन्छ । एचपीभी भनेको भाइरस हो । यो १०० प्रकारको हुन्छ र सबैले क्यान्सर गर्दैन । यसमा १६ र १८ भन्ने भाइरस हुन्छ यो निकै महत्वपूर्ण हुन्छ । यदि यो नम्बर पोजेटिभ देखिएमा पछि क्यान्सर हुने सम्भावना हुन्छ ।

यसको लागि अहिले भ्याक्सिन उपलब्ध भइसकेको अवस्था छ । विदेशमा ११ वर्षदेखि १३ वर्षसम्मका किशोरी र किशोरहरुलाई पनि लगाइने गरिन्छ ।

नेपालमा पनि यो भ्याक्सिन लगाउन थालिएको छ । यो भ्याक्सिन लगाएपछि सधैभरी क्यान्सर हुँदैन भन्ने होइन बेलाबेलामा पाठेघरको मुखको स्क्रिनिङ्ग गरिरहनुपर्छ र कहिलेकाहीँ पोजेटिभ आउन सक्छ ।

भिडियोमा हेरौं थप जानकारी :

Last modified on 2021-10-19 13:49:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts