हृदयघात र मुटुरोगका १६ कारणः कसरी गर्ने न्यूनीकरण ?  



Download our app to get more features

अप्रत्यासित रुपमा अपर्झट हुने, तत्काल आपतकालिन व्यवस्थापन हुन नसके ज्यानै समेत जानसक्ने र बाँची हालेपनि स्वस्थ्य र स्तरीय जीवनको महसुस हुनेगरि बाँच्न नसकिने वा जीवनभर परावलम्बि र पराश्रीत भएर बाँच्नुपर्ने पनि हुनसक्ने तर जोखिम र कारकहरुलाई निदान गरि हटाउनसके रोगलाई उल्ट्याउन पनि सकिने रोग हो हृदयघात । यो रोगकै कारणले प्रत्येक वर्ष संसारभर १  करोड ७५ लाख मानिसहरु मर्छन् । मर्नेहरु मध्ये ७४ लाख मानिसहरु केवल हार्ट एट्याक (हृदयघात) र ६७ लाख मानिसहरु ब्रेन एट्याक (मस्तिष्कघात) का कारण मर्छन ।

सन् १९२० देखि अमेरिकामा, सन् १९३० देखि बेलायतमा १९८० देखि नेपाल, भारत, मलेसिया, मोरिसस र श्रीलंकाजस्ता देशमा महामारिको रुपमा देखापरेको यो रोग विश्वभर प्रतिवर्ष मर्नेहरुको मृत्युको प्रमुख कारण हुनुका साथै अस्पतालमा इमरजेन्सी र सघन उपचार कक्ष प्रवेशको मुख्य कारण पनि हो । यसरी धेरै मानिसहरु मरेर सन्सारकै सर्वश्रेष्ठ हत्यारा कहलिएको यो रोग विशेषतः मुटुलाई रक्तआपूर्ति गराउने कोरोनरी धमनीको रोग हो । यी धमनी वा धमनीका शाखा भित्रै अकस्मात रगत जम्न जाँदा, जमेको रगतको थेग्लाले धमनी थुनिदिँदा, थुनिएको भाग भन्दा अगाडिका हृदयपेशिहरु अक्सिजन र पोषण तत्वहरुको अभावमा मर्न गई देखा पर्ने आपतकालिन समस्या हो । 

यो रोग अकस्मात घटित भएतापनि यसको पछाडि धमनीहरुमा कोलेस्टेरोल जम्न गई धमनी साँघु¥याउने आर्थरोस्क्लेरोसिस् भन्ने रोगको सिलसिला वर्षौंवर्ष देखि जोडिएको हुन्छ । धमनीहरुमा कोलस्ट्रोल जमाउन एउटा नभएर सयौं कारणहरु जिम्मेवार हुन्छन् । यो धेरै कारणहरुले हुने भएको हुँदा यसलाई बहुकारक रोग पनि भनिन्छ । सन् १९८१ मा सर विलियमसले मुटुरोगका २४६ कारणहरुको खोजी गरेका थिए जसमध्ये ५४ वटा आनिबानीसँग, १६ वटा शरीर तथा जैविकतासंग, ४४ वटा रगत र रगतको रोगसँग,  ४५ वटा अन्य रोगहरुसँग, ४४ वटा भोजन तथा पोषणसँग, १६ वटा शरीर रचनासँग, १६ वटा बंशानुगत हुने भनिएको छ भने ५ वातावरण र ६ दवाई तथा औषधोउपचारसँग सम्बन्धित छन् । यीे कारणहरुलाई उल्टाउन सकिने र नसकिने गरि २ समुहमा विभाजन गरिएको छ । ४५ वर्ष पछिको उमेर, पुरुष लैङ्गिकता र हृदय रोगको पारिवारीक इतिहास जस्ता कारणहरु उल्ट्याउन नसकिने कारणहरु हुन् । रगतमा उच्च कोलेस्टेरोल, उच्च ट्राइग्लिसराइड, उच्च एल.डि.एल कोलेस्टेरोल, उच्च नन् एच.डि.एल वा भि.एल.डि.एल कोलेस्टेरोल, निम्न एचडिएल कोलेस्टेरोल , उच्च रक्तचाप, मधुमेह, धुम्रपान, मद्यपान, श्रम र व्यायाम सम्मेलित नभएको जीवनशैली, मोटोपन, रेशा र चोकर नभएको मिठो खानेकुराको दीर्घकालिन सेवन, भिटामिन र एण्टी अक्सिडेन्ट नभएको खानेकुराको सेवन, आफ्ना अडान र निर्णयहरु प्रति अडिग रहने टाइप “ए” व्यक्तित्व मदिरापान र मानसिक तनाव जस्ता  कारणहरु पर्दछन् । यसका अलावा विशेष रोगावस्था र केही औषधिहरुको सेवन पनि यसका कारण हुन् । 

यी जोखिम कारक तत्वहरुलाई चिनेर समयमै जीवनशैली परिवर्तन गरेर अमेरिका, क्यानडा, फ्रान्स र अस्ट्रेलियाका रोगीहरुले विगत २५ वर्षमा यो रोगको महामारिलाई ५० प्रतिशतले कम गरेका छन भने फिनल्याण्ड र जापानीहरुले ६० प्रतिशतले घटाएका छन् । तर रोगका कारकतत्वहरुसँग अनभिज्ञ दक्षिण एशियाका शहरी जनसमुदायले  भने यो रोगलाई ४०० प्रतिशतका दरले बढाएका छन् । 


उल्ट्याउन नसकिने कारणहरुः

मुटु रोगका यस्ता कारणहरु पनि छन् जसलाई उल्ट्याउन वा हटाउन सकिदैन । तर यस्ता कारणहरुलको जोखिम भएका व्यक्तिहरुले बेलैमा सचेत हुनुपर्ने हुन्छ रोगलाई धेरै विगार गर्ने अवस्थासम्म पुग्न दिनु हुदैन । ती कारणहरु हुन् :

१) उमेरः सामान्यतया हृदयघात हुने खतरा ४० वर्ष उमेर पार गरेकाहरुलाई हुन्छ् । तर आजकल २५ वर्ष उमेरमा हृदयघात भएका तथ्य पनि देख्न र सुन्न थालिएको छ । उमेर बढ्दै गएपछि धमनीहरुमा साँघु¥याउने समस्या स्वस्थ व्यक्तिमा पनि सुरु हुन्छ । यदि ४० वर्ष भन्दा पारीको उमेरसँगै व्यक्तिमा अन्य जोखिमहरु पनि भए हार्ट एट्याक्याक चाँडै हुन सक्छ । 

२) पुरुष लैङ्गिकताः हृदयघातका ९० प्रतिशत घटना पुरुषहरुमा पाइएकाले वैज्ञानिकहरु पुरुष हुनुलाई पनि हृदयघातको जोखिम मोल्नु मान्दछन् । महिलाहरुलाई आस्टो«जन नामक सेक्स हारमोनले हृदयघातबाट बचाउने वैज्ञानिक दावी छ । महिनावारी सुकेका पाठेघर तथा डिम्बसायका अपरेसन गराएका गर्भ निरोधक चक्कि खाने र धेरै चोटि गर्भपात गराएका महिलाहरुलाई पुरुष बराबर नै हृदयघात हुने जोखिम रहन्छ । यसका अलावा महिलाहरुमा कम तनाव, वा सहज व्यक्तित्व कम सुर्ती सेवन तथा धुम्रपान जस्ता अन्य जोखिम कम हुने हुनाले हृदयघात कम हुने मानिन्छ तर यी जोखिमबाट बच्न नसक्ने महिलालाई पुरुष बराबर नै हृदयघातको जोखिम रहन्छ । 

३) पारिवारिक इतिहासः हृदयघात अनुवंशिक रोग पनि हो । जुन आमा—बुवाहरुबाट सन्तानलाई जन्मजात सर्दछ । हृदयघातको इतिहास भएका र यस्ता व्यक्तित्वहरु दुव्ला पातला भएपनि उनिहरुको कलेजोले प्राकृतिक रुपमै धेरै कोलेस्टेरोल बनाउछ फलतः हृदय रुग्ण भई ह्दयघात हुन सक्छ । यस्ता व्यक्तिहरुले जीवनशैली परिवर्तनका साथसाथै कोलेस्टेरोल कम गर्ने औषधि नियमित सेवन गर्नु पर्ने हुन्छ । 

उल्ट्याउन सकिने कारणहरुः

जीवनशैली परिर्वतन वा औषधिसेवन गरेर न्यूनिकरण गर्न वा हटाउन सकिन कारणहरुलाई  उल्ट्याउन सकिने  कारण भनिन्छ । 

१) उच्च रक्त संयुक्त कोलेस्टेरोलः कोलेस्टेरोल रगतमा पाइने एक किसिमको चिल्लो पदार्थ हो । यो तत्वको उपयोग शरीरको कोषहरुको भित्ता, नशाहरुलाई  ढाक्ने झिल्ली, भिटामिन डी, स्टेरोईड हरमोनहरु र मस्तिष्कका कोषहरु बनाउन गर्ने गर्छ तसर्ग यो शरिरलाई चाहिने तत्व हो । तर यो तत्वको रक्त मात्र सामान्यभन्दा ज्यादा भएमा मुटु, मस्तिष्क, आँखा, गोडाका धमनीहरुमा जम्न गई हृदयघात, मस्तिष्कघात, दृष्टिघात, डिप भेन थ्रम्बोसिस् जस्ता समस्या गराउँदछ । माछा, मासु, अण्डा, दुध, दहि, क्रिम, मख्खन, चीज, बटर, नौनी, जस्ता, प्राणीजन्य चिल्लोमा मात्र कोलेस्टेरोल पाइन्छ, वनस्पति जन्य चिल्लोमा पाइँदैन  । यसरी प्राणीजन्य चिल्लोबाट प्राप्त कोलेस्टेरोललाई कलेजोबाट अन्य तन्तुमा पु¥याउनु पर्ने हुन्छ । कलेजोमा बनेको  कोलेस्टेरोललाई रगत भएर ट्रान्सपोट गर्न केहि ट्रान्सपोर्टर प्रोटिनहरु चाहिन्छ । ती प्रोटिनहरुलाई काइलोमाइक्रोन,एलडिएल, भिएलडिएल र एचडिएल प्रोटिन भनिन्छ । यी प्रोटिनहरु ट्राइग्लिसेराइड र कोलेस्ट्रोलसँग जोडीएपछी यसलाई काइलोमाइक्रोन,एलडिएल, भिएलडिएल र एचडिएल कोलेस्टेरोल भनिन्छ र यी प्रोटिनयुक्त वा स्वतन्त्र कोलेस्टेरोल रगतमा घुम्दा चिपचिप भई रक्तनलीका भिताहरूमा टाँसिन पुग्छ । फलतः रक्तनलीका भित्तामा प्लाक नामक चिल्लोको डल्लो बनाई हृदयघात वा मस्तिस्कघात गराउँदछ । 

२) उच्च रक्त एलडीएल कोलेस्टेरोलः यसलाई खराब कोलिस्ट्रोल पनि भनिन्छ । यो लिपोप्रोटीनले कोलेस्ट्रोललाई कलेजोबाट अन्य तन्तुहरुसम्म लैजान वाहन तथा कोलेस्ट्रोलले बोक्ने मुख्य साधन हो । खानामा कोलेस्ट्रोल र ट्राइग्लिसेराइडको मात्रा जति धेरै हुन्छ त्यतिनै एलडिएलको मात्रा ज्यादा हुन्छ । ज्यादा भएको एलडीएल उपापचयी फ्री रेडिकलहरुसंग मिलेर रगतका नसाहरुलाई घात गर्न सक्ने विषक्त तत्वमा परिवर्तित हुनपुगी रक्तनलिहरुमा सुक्ष्म घाउहरु बनाउँदछ । यो घाउ भए पश्चात उक्त ठाउँ प्रदाहतमक क्रिया सुरु हन्छ र घाऊ भएको स्थानमा कोलेस्ट्रोल क्यालसियम र मृत कोषहरुले बनेको प्लाक नामक डल्लो बन्छ । यो डल्लोले नशा साँघु¥याएर उक्त अंगहरुको रक्त संचारलाई प्रभावित पार्दछ । रगतमा उच्च एलडीएल भएमा यसले रक्त नलीलाई रिल्याक्स गराउने इन्डोथेलीयम डिराइभ रिल्याक्सिङ्ग फ्याक्टरको उत्पादन कम गराउँछ र उक्त नलीहरुलाई टाइट राखिरहन्छ ।

३) उच्च भि एलडीएल कोलेस्ट्रोल : यो कोलेस्ट्रोललाई पनि कलेजोले कोलेस्ट्रोल र तेल (ट्राइग्लिसिराइड) बोक्न बनाउँछ । ट्राइग्लिसिराइडलाई तन्तुहरुमा अनलोड गरेर आएपछि यो एलडीएल बन्छ । बनेको एलडीएल प्रतिक्रियात्मक भएर नशाका भित्ताहरुमा जम्न पुग्दछ र मुटु तथा रक्त नलीका रोग लगाउँदछ ।

४) उच्च रक्त ट्राइग्लिसिराइडः ट्राइग्लिसिराइडलाई बोलचालको भाषामा खानेतेल भनिन्छ । तोरी, सुर्यमुखी, भटमास जस्ता वनस्पतिय चिल्लो पदार्थ सबै ट्राइग्लिसिराईडहरु हुन । पाचन पश्चात ट्राइग्लिसिराईड फ्याटीे एसीड र ग्लिसरालमा परिवर्तित हुन्छन् । यी फ्याटी एसीड अनस्याचुरेटेड, स्याचुरेटेड र ट्रान्स फ्याटी एसिडका रुपमा शरीरमा अवशोशीत हुन्छन् । हृदय स्वास्थ्यका लागी पोली अनस्याचुरेटेड फ्याटलाई अलि राम्रो भनेपनि स्याचुरेटेड र ट्रान्स फ्याटीे एसिड मुटुका लागी अत्यन्त हानिकारक मानिन्छन् । सबै वनस्पति घ्यू (डाल्डा ) र रिफाईन्ड घ्यू तेल, स्याचुरेटेड फ्याट हुन् । तेललाई धेरै तताउँदा वा अन्य तत्वसँग मिसाउँदा, उमाल्दा वा ब्याक्टेरीयल फरमन्टेसन भएर तेल टुटी ट्रान्स–फ्याटी–एसीड बन्दछ । स्याचुरेटेड र ट्रान्स फ्याटी एसीडको सेवनले रगतमा एलडीएल कोलिस्ट्रोल र भिएलडीएल  कोलेस्ट्रोलको स्तर बढ्ने र एचडीएल कोलेस्ट्रोलको स्तर घट्ने गर्दछ । फलतः तेलको ज्यादा वा अप्राकृतिक उपयोग पनि मुटुरोगको कारक बन्न पुग्दछ ।

५) निम्न रक्त एचडीएल कोलेस्ट्रोलः  यसलाई राम्रो कोलेस्ट्रोल पनि भनिन्छ । यसले फ्रि कोलेस्ट्रोललाई रगत र अन्य तन्तुबाट पक्रेर कलेजोमा ल्याई विसर्जन गरी रगतको कोलेस्ट्रोल स्तर कम गर्न मद्दत गर्दछ  । यदि रगतमा एचडीएल कोलेस्ट्रोलका स्तर कम भएमा धेरै भएको कोलेस्ट्रोलखाई कलेजोमा ल्यायर विसर्जन गर्ने क्रिया अवरोध हुने हुँदा रगतमा अन्य कोलेस्ट्रोल बढ्न गयी मुटु तथा रक्त नलिको रोगहरु लाग्दछ ।

६) उच्च टोटल कोलेस्ट्रोल र एचडीएल अनुपातः  यो अनुपात मुटुरोगको महत्वपुर्ण सुचानांक हो । यो अनुपात ज्यादा भएमा मुटुरोगको उच्च जोखिम रहन्छ ।

७) उच्च रक्तचापः १५ प्रतिशत मुटुरोग उच्च रक्तचापको कारण लाग्ने गर्दछ ।  यो रक्त नलिमा रगत बग्दा रगतले रक्त धमनीहरुमा दिएको अतिरिक्त दवाव हो । यसरी लामो समय सम्म रगतले रक्त नलीको भित्तामा दवाव दिदा धमलीहरुको भित्री पत्र इन्डोथेलियम लेएर क्षति ग्रष्त हुन पुग्दछ फलतः उक्त भागमा कोलेस्ट्रोल जम्ने र प्लाक बन्ने क्रिया द्रूत गतिमा हुन पुग्छ र हृदयरोग लाग्दछ ।

८) मधुमेहः रगतमा ग्लुकोजको मात्रा खाली पेटमा १ सय १० मि. ग्रा. प्रति १०० मिलि लिटर र खाना खाएकाृ दुई घण्टा पश्चात १४० मि. ग्रा. प्रति १०० मिलि लिटर भन्दा ज्यादा भएको अवस्थालाई मधुमेह भनिन्छ । मधुमेह हुँदा बढेको ग्लुकोजले स साना रक्तनलीहरुलाई क्षतिग्रस्त गर्ने र कोषहरुको कोलेस्ट्रोल ग्रहण गर्ने क्षमता हुने हुँदा नसालाई  क्षतिग्रस्त हुन र कोलेस्ट्रोल बढ्न मदत गर्दछ । यसो हुँदा रक्तनलीहरुमा चाडै बोसो जमी हृदयरोग लाग्दछ ।

९) मोटोपनः भोजनमै भएको वा शरीरमा आफै बनेको चिल्लो पदार्थ उर्जामा परिवर्तीत हुन नसकी बोसे तन्तुमा जमेर बडीमास सुचांक,  ३० के.जी प्रति वर्ग मिटर भन्दा धेरै भए त्यस्तो अवस्थालाई मोटोपन भनिन्छ । मोटोपन भएका ब्यक्तिहरुलाई धेरै किसिमका रोगहरु लाग्ने खतरा हुन्छ । मोटोपन भएकाहरुको बोसो तन्तुले र लिपोकाइन्स भन्ने केमिकल उत्पादन गर्दछ जस्लाई मुटुरोगको पनि कारक मानिन्छ । यसका साथ मोटोपनले मुटुरोगका अन्य जोखिमहरुर्ला बढी जन्माउँदछ फलतः मोटो मान्छे मुटुरोगको शिकार हुन पुग्दछ ।

१०) निश्क्रीय जिवन : मुटुरोगले श्रम र व्यायाम नगरि निश्क्रिय जीवन जिउनेहरुलाई ज्यादा मन पराउँछ । निश्क्रिय जीवन जिउँदा मुटु तथा रक्तनलीलाई व्यायाम हुन सक्दैन । ब्यायाम र श्रमबाट भाग्दा कोलेष्ट्रोलको रक्तस्तर, सुगरको रक्तस्तर र शारिरिक तौल घटाउन सकिदैन । फलत मुटुरोग चाडै लाग्ने सम्भावना रहन्छ । 

११) धुम्रपान तथा सुर्ती सेवन : धुम्रपान नगर्ने भन्दा गर्नेलाई मुटुरोग लाग्ने खतरा ४०० प्रतिशत ज्यादा रहन्छ । सूर्तिमा रहेका विषहरुले रगतको कोलेष्ट्रोललाई अक्सीडाइज गरि झन बिषाक्त बनाउन मद्यत गर्दछ जसले धमनीहरुलाई क्षतीग्रस्त पार्दछ । बिषाक्त कोलेष्ट्रोलले झन् चिपचिपे भई नशाहरुमा प्लाक बनाउन मद्दत गर्दछ । धुम्रपानले पु¥याऊने  क्षति ब्यक्तिले लिएको चुरोटको संख्यासँग सिधै निर्भर रहन्छ ।  जसलाई सिगरेट स्कोर भनिन्छ । जर्दा सुर्ति, पान मसाला खैनी नश, गुल, बज्जर, हुक्का, कक्कड जस्ता सुर्तीजन्य पदार्थहरुको पनि उत्तिकै हृदयरोग कारक हुन ।

१२.मानसिक तनावः वैचारीक ओहापोहाले उत्पन्न भएको मानसिक तथा शारीरिक असहजतालाई तनाव भनिन्छ । तनावले रक्तचाप, रक्त सुगर, हृदयको गती, कोलेष्ट्रोल, बोसो लग्ने क्रिया, खुनु जन्ने क्रियालाई बढाउँछ । यसरी सबैकुरा बढ्दै जाँदा हृदयरोग लाग्छ ।

१३.  चोकर र रेसाको कमीः  रेसा र चोक्कर नभएको मसिनो मिठो खानाले मुटुलाई राम्रो गर्दैन । चोक्कर भएको खानाले विषाक्त तत्वहरुलाई अवशोषण गरि नशामा बोसो जम्न दिदैन । मसिनो मिठो खानाले तौल पनि चाँडो बढाउँछ । फलतः मुटु रोग लाग्दछ ।

१४.भिटामिन र एण्टीअक्सीडेण्टको कमीः भिटामिन, खनिज, एण्टीअक्सीडेण्ट, र अन्य सुक्ष्म पोषक तत्वहरुले हृदयरोगबाट बचाउँछ । भिटामिन त्यसमा पनि भिटामिन ए, भिटामिन सि र भिटामिन इ नशाको भित्रीपत्रलाई स्वस्थ राख्न आवश्यक पर्दछ । भिटामिनले रगत जम्ने क्रियालाई पनि नियन्त्रण गर्दछ । मुटुलाई चाहिने अन्य पोषकहरुमा केही धातु र खनिज तत्वहरु पर्दछन । यसका अलावा एण्टीअक्सीडेण्टको पनि उत्तिकै महत्व छ । एण्टी अक्सीडेण्टले अक्सीडेण्टीव प्रतिक्रिया हुन नदिएर नशालाई क्षतिग्रस्त हुनबाट बचाउँदछ ।  

१५. टाईप “ए” व्यक्तित्व 
मुटुरोगले टाइप “ए” ब्यक्तित्व भएकाहरुलाई धेरै पन पराउँछ । टायप ए ब्यक्तित्व भएका व्यक्तिहरु अधैर्यवान, सधै तनावमा रहने, इख राख्ने, बैरत्व लिने, आफ्नो हठ र अडानहरु छाड्न नसक्ने प्रवृतिका हुन्छन् । यसको अलावा यी व्यक्तिहरु सधै हतारमा रहने, समयको अक्षरसः पालना गर्ने, पुर्वाग्रही, आलोचक, अभद्र ब्यवहार गर्ने, इश्र्यालु, अरुलाई दबाएर राख्ने, प्रतिस्पर्धी अहंकारी र प्रतिक्रियावादी हुन्छन् । यस्ता ब्यक्तित्वहरुले हृदय तथा रक्तनली कमजोर बनाउछ । फलतः मुटु चाँडै रोगी हुन्छ ।

१६. मदिरापान: मदिरापान र मुटुको स्वास्थलाई लिएर ठुलो विवाद छ । रक्सी खानेहरुले रक्सीलाई मुटुमैत्री माने पनि तथ्य यसको ठिक विपरीत छ  किनकी रक्सीमा भएको एल्डीहाइडले बोसो लाग्न मद्दत गर्छ जो मुटुमैत्री हैन  । रक्सीले खाली क्यालोरी पनि दिन्छ । थोरै मात्रमा रक्सी पिउनु ब्यक्ति हानिकारक नभएपनि रक्सी पिउनेले थोरैमात्रा पिउँदैनन् । फेरी रक्सीले कलेजो आन्द्राभुंडी तथा मश्तिष्क तथा अन्य कोमल अंगहरुलाई पनि क्षति पु¥याउने हुँदा त्यसको भारपनि मुटुले व्यहोनुपर्छ फलत मुटु रुग्ण हुन्छ ।   

Last modified on 2021-10-24 13:44:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts