दक्ष डाक्टरहरूद्वारा छाला तथा सौन्दर्य सम्बन्धी सेवा दिँदै डर्म डायानामीक



Download our app to get more features

काठमाडौं,१ असोज । ललितपुरको कुमारीपार्टीस्थित रहेको डर्म डायानामीक स्किन हेयर एण्ड लेसियर क्लिनिकले छाला तथा सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

पछिल्लो समय छाला तथा सौन्दर्य सम्बन्धी बढ्दै गइरहेको जिज्ञासालाई ध्यानमा राख्दै क्लिनिकले आफ्नो सेवाहरु दिँदै आएको छ । 

क्लिनिकका डा.अनिलकुमार भट्टका अनुसार छाला सम्बन्धी विभिन्न समस्याहरु चाउरिपन हटाउने,चायापोतो हटाउने,अनुहारको साइज मिलाउने,छालाको एलर्जी,छालाको इन्फेक्सन साथै छाला सम्बन्धी सबै समस्याहरुको उपचार हुने गरेको छ । 

त्यस्तै सौन्दर्यतर्फ शरीरका अनावश्यक कपालहरु निकाल्ने,कोठीहरु निकाल्ने, ट्याटुहरु हटाउने, मुहारमा चमक बढाउने, मुहारको रिंकल हटाउने, नाक तथा ओठको साइज मिलाउने  जस्ता सेवाहरु प्रदान गर्ने गरेको डा.भट्टले बताए । 

उनका अनुसार फेस लिफटिङ्ग गर्ने, घाउहरुले गर्दा अनुहारमा बसेको खतहरु हटाउने आदि सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ ।  

चिनमा अध्ययन गरेका डा.भट्ट छाला तथा सौन्दर्य विशेषज्ञ हुन् ।

Last modified on 2021-09-17 17:21:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts