ग्रीन लाइफ हेल्थ केयरद्वारा टोखामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न



Download our app to get more features

काठमाडौं,११ असार । टोखा नगरपालिका वडा न.६ मा  ग्रीन लाइफ हेल्थ केयर र डाफे वस्ति टोल सुधार समितिको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

'स्थानीयद्वारा स्थानीयकै लागि' भन्ने मुल नाराका साथ आयोजित स्वास्थ्य शिविरबाट ७४ जना सेवाग्राहीले सेवा लिएका छन् । स्वास्थ्य शिविरमा सुगर,युरिक एसिड जाँच गरिनुका साथै नि:शुल्क औषधि समेत वितरण गरिएको थियो । 

शिविरमा वीर अस्पतालका बरिष्ठ फिजिसियन डा.क्षितिज सापकोटा,कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. विप्लव अधिकारी र वीर अस्पतालको महिला प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. सजना श्रेष्ठले निशुल्क सेवा प्रदान गरेका थिए । 

ग्रीन लाइफ हेल्थ केयरले विशेषज्ञ चिकित्सक सेवा,एक्सरे,भिडियो एक्सरे,इसिजि,फिजियोथेरापि,डेन्टल,होम भिजिट सर्भिस,प्याथलोजि ल्याव र फर्मेसि सेवा दिदै आइरहेको छ । 

 

Last modified on 2022-06-26 20:40:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts