केएमसी सिनामंगलमा अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोपको प्रयोग सुरु



Download our app to get more features

काठमाडौं, २८ असार । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अत्याधुनिक रोबोटिक न्यूरोसर्जिकल माइक्रोस्कोप प्रयोगमा ल्याएको छ । बिरामीहरूको सुरक्षित र भरपर्दो शल्यक्रियाका लागि अत्याधुनिक ‘जैस किनोभो–९००’ माइक्रोस्कोप प्रयोगमा ल्याइएको र यो प्रविधि नेपालमै पहिलोपटक प्रयोग भएको केएमसीले जनाएको छ ।

ब्रेन ट्युमर र नसाको शल्यक्रियालाई प्रभावकारी बनाउन उक्त माइक्रोस्कोपको आवश्यक भएकाले जडान गरिएको अस्पतालका न्यूरो बिभागका प्रमुख एवं बरिष्ठ न्युरो सर्जन प्रा.डा.अमित थापा बताए । 
सूक्ष्म एवं जटिल शल्यक्रियामा माइक्रोस्कोप प्रयोग गरिन्छ । जर्मनबाट छ करोडको लागतमा खरिद गरेर ल्याइएको यो माइक्रोस्कोपमा रोबोटिक सिस्टम, फोरके रेजुलेशनसहितका धेरै अत्याधुनिक फिचर रहेका छन् । रोबोटिक माइक्रोस्कोप भएकाले यसले चिकित्सकले बनाएको अप्रेसन योजनामा काम गर्छ । यसको सहायता लिएर अप्रेसन गर्दा डाक्टरलाई अप्रेसन गर्न सजिलो हुने, अप्रेसन छिटो हुने र बिरामीलाई पनि जोखिम कम हुने डा.थापाको भनाइ छ ।

केएमसीले एक महिना अघि नेपालको पहिलो आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) सहितको थ्री टेस्ला एमआरआई पनि भित्र्याएको थियो । 

Last modified on 2023-07-14 06:32:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts