नर्भिकले विराटनगरमा पनि आइभिएफ सेन्टर सञ्चालन गर्ने 



Download our app to get more features

काठमाडौं,३१ जेठ । नर्भिक अस्पतालको अन्तराष्ट्रिय स्तरको आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको सेवा विराटनगरमा पनि दिने भएको छ । नर्भिकको आइभिएफ सेन्टरको सेवा काठमाडौं बाहिर पनि दिन लागेको हो । 

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार निकट भविष्यमै सेवा सञ्चालन गर्ने गरी विराटनगरमा आइभिएफ सेन्टर निर्माणको काम सुरु गरिएको छ ।  

नर्भिकले थापाथलीमा भने २०७८ को असार तेश्रो साताबाट अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको अत्याधुनिक आइभिएफ एण्ड फर्टिलिटि सेन्टर सञ्चालनमा ल्याएको थियो । 

सेवाग्राहीहरुको मागअनुसार नै काठमाडौं बाहिर पनि विस्तार गर्न लागिएको मिश्रले जानकारी दिए ।  हाल काठमाडौंमा रहेको आइभिएफ टिमले नै विराटनगरमा पनि सेवा दिनेछ ।  

विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी हाल थापाथलीमा विश्वस्तरीय सेवा दिइने गरिएको र सोही स्तरको सेवा विराटनगरमा पनि उपलब्ध हुने अस्पतालले जनाएको छ ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts