१८ प्रतिशतले पाए कोभिडविरुद्धको पूर्ण खोप, सबै भन्दा धेरै बागमतीमा 



Download our app to get more features

काठमाडौं, ५ असोज । कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु भएको ८ महिनामा ५५ लाख ९० हजार बढी अर्थात् नेपालको कूल जनसंख्याको १८ दशमलव ६ प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका छन् ।

सबै नागरीकलाई खोपको दायरामा ल्याउने लक्ष्यअनुसार सरकारले खोप कार्यक्रम सञ्चालन गर्दै आएको दाबी गरे पनि खोप प्राप्त गर्नेको संख्या सबै तिर समान नभएको सरकारी तथ्याङ्कले नै देखाउँछ । सबै भन्दा धेरै खोप बागमती प्रदेशमा लगाएका छन् भने खोप लगाउनेको संख्या कर्णाली प्रदेशमा सबै भन्दा कम रहेको छ ।

नेपालमा हालसम्म १ करोड ५७ लाख डोज कोरोना विरुद्धको खोप ल्याइसकेको छ । सरकारले भेरासेल खोप मात्र १ करोड डोज खोप खरिद गरेको छ भने १८ लाख अनुदानमा प्राप्त गरेको छ । खरिद, अनुदान र गाभी कार्यक्रम अन्तर्गत कोभिशिल्ड खोप २४ लाख र एस्ट्राजेनेका १९ लाख ७५ हजार प्राप्त भइसकेको छ ।

प्राप्त भएको ४४ लाख २३ हजार ८ सय ६० डोज खोपमध्ये ४० लाख ६५ हजार व्यक्तिले कोभिसिल्डको पूर्ण मात्रा खोप लगाएका छन् । १ लाख १३ हजार व्यक्ति अझै दोस्रो डोज पाउन सकेका छैनन् । प्रदेश १ मा हालसम्म ७ लाख ३२ हजार, प्रदेश २ मा ७ लाख, बागमतीमा १९ लाख ३६ हजार, गण्डकीमा ५ लाख ९८ हजार, लुम्बिनीमा ८ लाख ७५ हजार, कर्णालीमा २ लाख ३५ हजार र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८५ हजार व्यक्तिले खोप लगाएका छन् ।

१ करोड १८ लाख डोज भेरोसेल खोपमध्ये ६३ लाख २० हजार जनाले मात्र दोस्रो डोज खोप पूरा गरेका छन् । अमेरिकाले प्रदान गरेको जोसन एण्ड जोसनको अनुदानमा दिएको १५ लाख ३४ हजार डोज खोपमध्ये १४ लाख १० हजार डोज खोप प्रयोग भएको जनाइएको छ ।

Last modified on 2021-09-22 07:27:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts