बीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट हटाइए डा. गौतम



Download our app to get more features

काठमाडौं,१८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट डा. जागेश्वर गौतमलाई हटाएको छ । मन्त्रालयले डा. गौतमको  ठाउँमा ट्रमा सेन्टरका डा.रुद्र मरासिनीलाई पठाइएको छ । 

 त्यस्तै स्वास्थ्य मन्त्रालयले डा. जागेश्वर गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा.गौतमलाई मन्त्रालयले जेठ १० मा बीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकेको थियो ।  बीर अस्पताललाई सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल बनाएको छ । 

Last modified on 2021-08-02 17:49:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts