पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

काठमाडौं, ५ असोज । पछिल्लो २४ घण्टामा देशभर एक हजार ३ सय ३० जना कोभिड १९ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६ सय २२ वटा नमुनाको परीक्षण गर्दा एक हजार ३ सय ३० जनामा संक्रमण पुष्टि भएको हो। यो अवधिमा कोरोनाका कारण पाँचजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ८ सय ३० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय २४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

Last modified on 2021-09-22 07:27:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts