कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा डा.मरासिनी 



Download our app to get more features

काठमाडौं, १८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा डा.रुद्र मरासिनीलाई नियुक्त गरेको छ । 

डा. मरासिनी राष्ट्रिय ट्रमा सेन्टरको अर्थोपेडिक्स तथा ट्रमा सर्जरी विभागको विभागिय प्रमुख हुन् । उनी त्यसअघि भरतपुर अस्पतालका पूर्व प्रमुख मेडिकल सुपरिटेण्डेन्ट पनि थिए ।  

मन्त्रालयले यसअघि प्रमुख प्रशासकीय अधिकृतमा रहेका डा.जागेश्वर गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरेको छ ।

Last modified on 2021-08-03 06:59:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts