भरतपुर अस्पताल कर्मचारी युनियनले मनायो १४ औँ वार्षिकोत्सव 



Download our app to get more features

चितवन, २ असार । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा रहेको अस्पताल विकास समिति कर्मचारी युनियनले आफ्नो आठौं अधिवेशन एवम् १४ औँ वार्षिकोत्सव मनाएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना कहरकाबीच स्वास्थ्यका सबै मापदण्ड अपनाएर मंगलबार अस्पताल परिसरमा युनियनको १४ औँ वार्षिकोत्सव मनाइएको युनियनका निवर्तमान अध्यक्ष ई. चन्द्रमणि बस्यालले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले शुभकामना व्यक्त गर्दै आफूहरू सधै कर्मचारी कै पक्षमा रहेको बताए । उनले भने, ‘हामीहरू सधै कर्मचारी कै पक्षमा छौं, हजुरहरूको जायज मागहरू सम्बोधन हुनुपर्छ ।’ उनले काम, कर्तव्य र अधिकारलाई समानान्तर रूपमा लैजान समेत आग्रह गरे । उनले भने, ‘तपाईं हाम्रै मेहनत र प्रयासका कारण अस्पताल अहिले यो स्थानसम्म आइपुगेको छ।’ 

उनले अस्पतालमा कार्यरत अस्थायी तथा ज्यालादारी धेरै कर्मचारीको उचित व्यवस्थापन गरिएको बताए । देशकै मध्य भागमा रहेको केन्द्रीय अस्पताल भएकाले यसले स्वास्थ्य संस्थाको अभिभावकत्व ग्रहण गर्दै आम नागरिकको स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने कुरामा कटिबद्ध हुने अध्यक्ष डा. अधिकारीले बताए । युनियनसँग सहकार्य गरी अहिलेसम्मकै सबै भन्दाबढी २ सय ४४ वटा दरबन्दी स्वीकृत गर्न सफल भएको उनले जानकारी दिए ।

सो अवसरमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि एवम् अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन न्यौपानेले कर्मचारी युनियनलाई वार्षिकोत्सवको शुभकामना व्यक्त गरे । उनले आफू सधै कर्मचारी कै हकहितको पक्षमा रहेको बताए । अस्पतालको कस्तो बनाउने भन्ने जिम्मेवारी कर्मचारीमा नै निहित रहने भन्दै उनले आफू कर्मचारीको हौसला बढाउने कुरामा सचेत रहेको बताए । 

कार्यक्रममा युनियनका सचिव शिवप्रसाद बसेलले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्षको जिम्मेवारी सम्हालेका प्रज्वल श्रेष्ठले आर्थिक प्रतिवेन प्रस्तुत गरेका थिए । सो भेलाले विभिन्न विषयमा छलफल गरी केही नयाँ प्रस्ताव समेत पारित गरेको युनियनका निवर्तमान उपाध्यक्ष कृण्णप्रसाद शर्माले जानकारी दिए ।

सो भेलाले आगामी नयाँ कार्यसमिति निर्वाचनको लागि ३ सदस्यीय निर्वाचन समिति समेत छनोट गरेको छ । जसमा कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष समेत रहेका संजय बराल प्रमुख निर्वाचन अधिकृत रहेका छन् । त्यस्तै, डा मनोज कँडेल र रूमा देवकोटा पौडेल निर्वाचन अधिकृत रहेका छन् ।

सो कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, विभिन्न विभागका विभागीय प्रमुख, युनियनका पूर्वअध्यक्ष, विभिन्न विभागमा कार्यरत कर्मचारी, पत्रकारलगाएतको उपस्थिति रहेको थियो ।

Last modified on 2021-06-16 10:15:59

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts