डब्लूएचओका महानिर्देशक टेड्रोसले भने, ‘स्वास्थ्यकर्मीहरु नायक हुन्’



Download our app to get more features

काठमाडौं, ५ असार । विश्व स्वास्थ्य संगठन डब्लूएचओले नेपालको मुस्ताङमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासको प्रशंसा गरेको छ ।

डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयसले स्वास्थ्यकर्मीहरु नायक हुन् भन्दै प्रशंसा गरेका हुन् । गएको १ गते मुस्ताङको छापताङ् खोलामा बाढी आएर तर्न नसकिने भएपछि स्वास्थ्यकर्मीले पाइपको सहारले खोप राख्ने भाँडोलाई पारी तारेको भिडियो हेरेपछि उनले प्रशंसा गरेका हुन । 

सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले लेखेका छन्,  ‘स्वास्थ्यकर्मीहरु जीवन रक्षाका लागि कति टाढासम्म जाँदैछन्, यो हाम्रो शक्ति र कर्तव्य हो ।’

उनले यस्ता हिरोहरु अहिले पनि धेरै ठाउँमा कोरोना खोपबाट वञ्चित भएका भन्दै यो न्याय नभएको बताएका छन् ।  यस्तै, उनले समान रुपमा खोप वितरण गर्ने प्रयास गरिरहेको पनि बताएका छन् । 

 

Last modified on 2021-06-20 06:57:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts