कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै भारतमा राज्य सरकारलाई तयारी अवस्थामा रहन निर्देशन



Download our app to get more features

भारत, ५ असार । भारत सरकारले कोरोना महामारीको तेस्रो चरणको लहर आउन सक्ने भन्दै राज्य सरकारहरुलाई सचेत रहन निर्देशन दिएको छ ।

केन्द्र सरकारले राज्य सरकारलाई कोरोना महामारीको तेस्रो लहर फैलिन सक्ने भएकाले त्यसलाई रोक्नका लागि जारी गरिएको प्रतिबन्धलाई खुकुलो बनाउँदै अत्यधिक सावधानी अपनाउन भनेको छ ।

भारतीय गृह मन्त्रालयका सचिव अजय भल्लाले राज्यहरुलाई पत्र पठाएर कोरोनाको मामिला बढ्द सक्ने भएकाले आफ्ने सबै तयारी पूरा गरेर राख्न भनिएको बताए ।

भारतमा कोरोना महामारीको दोस्रो लहरको पीक अब कम हुन थालेको र देशमा लगातार कोरोना संक्रमणको दर घट्दै गएको छ । 

यस्तै भारतमा कोरोनाको दरमा कमी आउन थालेपछि मानिसहरु भिडभाड गर्न थालेको भन्दै विज्ञहरुले चेतावनी दिएका छन् ।

Last modified on 2021-06-19 21:04:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts