स्पेनमा अनिवार्य मास्क लगाउनु पर्ने व्यवस्थाको अन्त्य



Download our app to get more features

एजेन्सी, ५ असार । स्पेनमा अबदेखि सार्वजनिक स्थानमा मास्क लगाउनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ देखि घरबाटबाहिर निस्किदा अनिवार्यरूपमा मास्क लगाउनु नपर्ने बताएका छन् ।

शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मास्क सम्बन्धी व्यवस्था अन्त्यको घोषणा गरेका हुन् ।

समाचार संस्था रोयटर्सका अनुसार उनले यो निर्णयलाई मन्त्रीपरिषदको बैठकबाट पारित गर्ने र त्यसपछि लागू गरिने पनि बताएका छन् ।
 
स्पेन सरकारको यो निर्णयसँगै सामाजिक दूरी कायम गर्न सकिने खुल्ला ठाउँहरुमा पनि मास्क अनिवार्य लगाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

स्पेन कोरोनाको पहिलो लहरको क्रममा बेलायतको दोस्रो सबैभन्दा बढी प्रभावित मुलुक बनेको थियो ।

स्पेनमा अहिले ४० देखि ५० वर्ष उमेर समूहले कोरोनाविरुद्वको खोप लगाउनेक्रम जारी छ भने आउँदो महिनादेखि ३० देखि ४० बर्ष उमेर समूहले खोप लगाउने तयारी गरिएको छ ।

Last modified on 2021-06-19 11:29:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts