फलको राजा आँपः स्वादका लागि होइन स्वास्थ्यका लागि सेवन गरौं



Download our app to get more features
Spark_health_home

आँपलाई फलको राजा भनेर चिनिन्छ । प्रायः गर्मी मौसममा पाइने आँपको स्वाद र सुगन्धले सबैको ध्यान आफूतिर आकर्षित गर्छ । कतिपय ठाउँमा भने आँप १२ हैं महिना पाइन्छ भने कुनै कुनै ठाउँमा गर्मी मौसममा मात्रै पाइन्छ । तर, आँप मन नपराउने र नखाने सायदै कोही कोही होलान् । तर, आँप खादै गर्दा त्यसले हुने स्वास्थ्यका फाइदाबारे भने सबैलाई थाहा नहुन पनि सक्छ । 

स्वादका लागि खाइने आँपको सेवनले तपाईंलाई स्वादका साथै पौष्टिक तत्त्व पनि प्राप्त हुन्छ । आँपमा पाइने भिटामिन ‘के’ ले रगत जम्ने र रक्त अल्पत्ता हुनबाट जोगाउँछ भने यसले हड्डीलाई पनि बलियो बनाउने काम गर्छ ।

आँपमा भिटामिन ‘सी’ पनि पर्याप्त मात्रामा पाइन्छ । यसले शरीरलाई विभिन्न प्रकारको संक्रमणबाट जोगाउने काम गर्छ ।

आँपको पहेँलो र सुन्तला रंगको भागमा बीटा क्यारोटिन हुनछ । जसको एन्टीअक्सिडेन्टले क्यान्सरको जोखिमबाट बचाउने काम गर्छ ।

आँपको सेवनले कार्डियोभास्कुलर सिस्टमलाई पनि सपोर्ट गर्छ । यसमा पाइने म्याग्नेसियम र पोटासियमले ब्लड प्रेसर नियन्त्रणमा राख्ने काम गर्छ ।

आँपमा पाइने म्यागिफेरिन तत्त्व हुन्छ । यसले मुटुको इन्फ्लमेसनमा राहत दिने काम गर्छ ।

आँपको सेवनले पाचन प्रणालीलाई बलियो बनाउने काम गर्छ र खाना राम्रोसँग पचाउनमा मद्दत गर्छ । यसमा पाइने एमिलेज तत्त्व र फाइबरले कब्जियतबाट राहत दिने काम गर्छ ।

आँपमा भिटामिन ‘ए’ पर्याप्त मात्रामा हुन्छ । यसले शरीरमा रिप्रोडक्सन र इम्यून सिस्टमलाई राम्रो बनाउने काम गर्छ ।

आँपको सेवनले बढ्दो तौललाई नियन्त्रण गर्नमा पनि मद्दत गर्छ । यसको फाइटोकेमिकल्स फ्याटसँग  सम्बन्धीत जिन्समाथि पनि दवाव बनाउने काम गर्छ ।

 

बीबीसी फूड

Last modified on 2021-06-19 10:15:18

alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts