मोटोपन हुनुका कारण के के हुन् ? जानौं (भिडियोसहित)



Download our app to get more features

मोटोपन भन्नाले साधरणतया हाम्रो शरीरमा बोसोका मात्रा थुप्रिदै जानु भन्ने बुझिन्छ । यसले गर्दा शरीरमा विभिन्न खालका समस्याहरु देखिन सक्दछन् । 

मोटोपनको प्रकार :
क्लास १ :
 शरीरको बीएमआई ३२ देखि ३५ सम्म भएमा त्यसलाई क्लास १ को मोटोपन भनिन्छ । 
क्लास २ : शरीरको बीएमआई ३५ देखि ४० सम्म भएमा त्यसलाई क्लास २ को मोटोपन भनिन्छ । 
क्लास ३ : शरीरकोे बीएमआई ४० देखि माथि भएकालाई क्लास ३ को मोटोपन भनिन्छ । 

मोटोपनका कारणहरु :

  • मानिसको जीवनशैली र खानपान 
  • हर्मोनल डिस्पालेस गर्दा 
  • अन्य रोगका कारणले पनि हुन सक्छ 
  • विभिन्न रोगको औषधि सेवन गर्नाले  
  • महिलाहरुमा देखिने पीसीयुसका कारण
  • धेरै तनाव लिदा र निद्रा नपुग्दा  
  • वंसाणुगत 

मोटोपनका कारण देखिने समस्याहरु :
मोटोपनले डाइबीटिज, मुटु रोग, ब्लड प्रेसर हाई,थाइराइडको समस्या, हाइ कोलेस्ट्रोल हुने जस्ता समस्याहरु देखिन सक्छ । 

मोटोपनको कारण निम्तिने अन्य रोगले मानिसलाई मृत्युको मुखसम्म पुर्याउन सक्छ । 

मोटोपन कसरी घटाउने :

  • इन्टरमिडेट फास्टिङ्ग गर्ने ।
  • केटो डाइट गर्ने । 
  • मेरीटेडिएन्ट डाइट गर्ने ।
  • पेलीयो डाइड गर्ने । 
  • ड्यास डाइट गर्ने । 
  • क्लिन्स डाइट गर्ने । 
  • कारनीभोरो डाइट गर्ने । 
  • यी डाइटहरु सुनेको वा इन्टरनेटको भरमा गर्ने भन्दा पनि डाइडीसियनको सल्लाहमा गर्नुपर्दछ । 

मोटोपन हुन नदिन के के गर्ने :

  • जीवनशैली वा खानपानमा परिर्वतन गर्ने । 
  • फिजिकल क्रियाकलापहरु गर्ने । 
  • चिनी चिनीले बनेको खानेकुराहरु धेरै मात्रामा नखाने ।
  • रातो मासु बोसो भाको मासु त्यति धेरै नखाने ।
  • आलु र आलुको प्रकारहरु धेरै मात्रामा नखाने ।
  • कोल्ड डिं«क्स,फु्रट जुसहरु नखाने ।
  • मैदाले बनाएका परिकारहरु धेरै नखाने ।

Last modified on 2021-10-18 12:33:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts