भारतमा कोरोनाको तेस्रो लहर अक्टोबरमा देखिन सक्ने



Download our app to get more features

एजेन्सी, ४ असार ।  भारतमा आगामी अक्टोबरबाट कोरोना भाइरस (कोभिड–१९) को अर्को लहर आउन सक्ने विज्ञहरुले अनुमान गरेका छन् ।

स्वास्थ्य विशेषज्ञ, वैज्ञानिक, संक्रामक रोग विशेषज्ञ, महामारीविद् र प्राध्यापक समाचार संस्था रोयटर्सले गरेको कुराकानीमा उनीहरुले तेस्रो लहर आउन सक्ने तर अहिलेको भन्दा नियन्त्रित हुने धारणा राखेका हुन् ।अक्टोबरमा सुरु हुने तेस्रो लहर वर्षको अन्तिमसम्म रहने उनीहरुको भनाइ छ ।

रोयटर्सले जुन ३–१७ सम्ममा ४० स्वास्थ्य विशेषज्ञ, वैज्ञानिक, संक्रामक रोग विशेषज्ञ, महामारीविद् र प्राध्यापकसँग यस विषयमा राय लिएको थियो । यो क्रममा उनीहरुले कोरोना खोपको कारण अब आउन सक्ने लहरमा भने ठूलो क्षति नहुने बताएका छन् ।

सर्वेक्षणमा सहभागीमध्ये ८५ प्रतिशतले भारतमा कोरोनाको तेस्रो लहर अक्टोबर महिनामा आउन सक्ने बताएका थिए । त्यस्तै ७० प्रतिशतभन्दा धेरैले यो लहर दोस्रो लहरको तुलनामा नियन्त्रित हुने अनुमान गरेका थिए ।

अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सका निर्देशक डा. रणदीप गुलेरिया भन्छन्, ‘यो निकै नियन्त्रित हुन सक्छ किनकी आगामी दिनमा थप मानिसहरुले कोरोना खोप लगाउनेछन् र दोस्रो लहरपछि मानिसहरुमा विकास भएको प्राकृतिक प्रतिरोधी क्षमताले पनि काम गर्न सक्छ ।’

अहिलेसम्म भारतमा खोपका लागि योग्य करिब ९५ करोडमध्ये पाँच प्रतिशतले मात्र कोरोना खोपको पूरा डोज लिएका छन् । अझै पनि धेरै मानिसहरु कोरोना संक्रमणको उच्च जोखिममा देखिएका छन् । कोरोनाको तेस्रो लहरमा बालबालिका जोखिममा पर्छन् ? भन्ने प्रश्नमा ४० मध्ये २६ जनाले यो आशंका सही साबित हुन सक्ने बताएका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts