२२ निजी प्रयोगशालाको रिपोर्टलाई मान्यता दिने कुनै औपचारिक निर्णय भएको छैनः मन्त्रालय



Download our app to get more features

काठमाडौं, ६ असार । सरकारले विदेश भ्रमणमा जानेहरुका लागि पिसिआर गर्ने २२ निजी अस्पतालको रिपोर्टलाई मान्यता दिने कुनै औपचारिक निर्णय नभएको प्रष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चार माध्यममा आधारहिन समाचार प्रकाशन प्रसारण गरेपछि त्यसलाई प्रष्ट पारेको हो । 

मन्त्रालयक सह प्रवक्ता डा. समिर कुमार अधिकारीले विदेश जानेलाई पिसिआर परीक्षण गर्ने सम्बन्धमा २२ नीजि अस्पतालको प्रयोगशालाको परीक्षण रिपोर्टलाई मान्यता दिने भनेर भ्रामक समाचार छापिएकोमा त्यसो नगर्न आग्रह गरेका छन् ।

उनले यस विषयमा वैशाख १९ गते कुराकानी भएपनि थप औपचारिक निर्णय नभएकोले आधारहिन र तथ्यहिन समाचार प्रकाशन गरेर मानिसलाई भ्रमिण नपार्न पनि आग्रह गरेका हुन् ।

उनले समाचारमा मेरै नामलाई कोड गरेर समाचार लेखिएकोमा पनि आपत्ति जनाएका छन् । आफूलाई नसोधी समाचारमा नाम कोड नगर्न पनि उनले आग्रह गरेका हुन् ।

Last modified on 2021-06-20 11:28:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts