जफत भएको साढे ६ हजार अक्सिजन सिलिण्डर अस्पतालमा बाँडिदै 



Download our app to get more features

काठमाडौं, २४ बैशाख ।  घर तथा विभिन्न उद्योगहरुमा राखिएका ६ हजार ४ सय ८४ थान अक्सिजन सिलिण्डर सरकारले जफत गरेको छ । बिहीबार बसेको समितिको बैठकले जफत भएका अक्सिजन सिलिण्डर विभिन्न अस्पतालमा बाड्ने निर्णय गरेको हो ।  

केही व्यवसायीले उद्योग मन्त्रालयलाई आफैं फिर्तासमेत गरेका छन् भने अटेरी गरी लुकाएर राख्नेबाट नेपाल प्रहरीले सिलिण्डर बरामद समेत गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको दोस्रो लहर सुरु भएसँगै अक्सिजन सिलिण्डरको अभाव भएकाले उपचारबाहेकका काममा सिलिण्डर नराखिदिन आग्रह गरेको थियो । त्यसको अनुगमन गृह मन्त्रालयको सुरक्षा, अत्यावश्यक सेवा सञ्चालन समन्वय एवं अनुगमन समितिले गरिरहेको थियो ।

 उद्योग मन्त्रालयमार्फत एक हजार १ सय ३४ र नेपाल प्रहरीमार्फत काठमाडौं, ललितपुर र भक्तपुरबाट ५ हजार ३ सय ५० गरी जम्मा ६ हजार ४ सय ८४ अक्सिजन सिलिण्डर संकलन भएको समितिका संयोजक जनकराज दाहालले बताए । संकलित सिलिण्डरहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल प्रहरीको समन्वयमा शुक्रबारबाटै अस्पतालहरुमा पठाइनेछ । 

 बिहीबार बसेको समितिको बैठकले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ५ सय, नेपाल मेडिकल कलेजमा १५०, वीर अस्पतालमा ३ सय, किस्ट अस्पतालमा एक सय, महेन्द्र निधि अस्पतालमा ६०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ सय ३०, भक्तपुर अस्पतालमा एक सय र सिभिल अस्पतालमा २ सय सिलिण्डर दिने निर्णय गरेको छ ।

समिट अस्पतालमा ४५, काठमाडौं मेडिकल कलेजमा ४ सय, पाटन अस्पतालमा २ सय, सशस्त्र प्रहरी अस्पतालमा ३ सय, नेपाल प्रहरी अस्पतालमा २ सय, पिपुल्स डेन्टर कलेजमा १ सय, लुम्बिनी प्रादेशिक अस्पतालमा एक हजार र सुदूरपश्चिम प्रादेशिक अस्पतालमा ३ सय सिलिण्डर दिने निर्णय भएको छ ।

Last modified on 2021-05-07 18:22:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts