बेलझुन्डी अस्पतालमा अक्सिजन अभाव हुँदा एक जना कोरोना संक्रमितको मृत्यु, ५९ जना जोखिममा



Download our app to get more features

दाङ, १९ वैशाख । दाङको बेलझुन्डीमा रहेको एक मात्र कोरोना अस्पताल कोरोना विशेष अस्पताल बेलझुन्डीमा अक्सिजन अभाव हुदा अस्पतालमा उपचाररत ५९ जना संक्रमितको ज्यान जोखिममा परेको छ । 

आइतबार मात्रै १५ मिनेट अक्सिजनको अभाव हुँदा एक जनाको मृत्यु समेत भएको अस्पताल प्रशासनले जनाएको छ । अक्सिजन सकिएको जानकारी गराउदा समेत यस तर्फ सरोकारवालाले कुनै चासो नदिएको अस्पताल प्रशासनले बताएको छ । 

हरेक घण्टा ५ देखि ७ वटा अक्सिजनको सिलिण्डर खपत हुँदै आएका बेलझुन्डी कोरोना विशेष अस्पतालमा अहिले अक्सिजन अभाव छ ।
 
एक पटकमा ६ घण्टालाई मात्र पुग्ने अक्सिजन आउने गरेको कोरोना विशेष अस्पतालका व्यवस्थापक दोर्ण वोलीले जानकारी दिए । 

अस्पतालमा अहिले ९ बजेसम्मलाई पुग्ने मात्र अक्सिजन रहेको छ । ‘१० बजेसम्म अक्सिजन आउने कुरा छ, एक घण्टा बिरामीलाई कसरी बचाउने ?” वलीले भने ‘ १५ मिनेट अभाव हुदा बिरामीको दर्दनाक घटना देखियो ।”

अक्सिजनको अभावले कोरोना विशेष अस्पताललाई ठूलो चुनौती भोग्नु परेको छ । संक्रमितलाई कसरी बचाउने भन्दापनि अक्सिजन कसरी उपलब्ध गराउने भन्ने तिर प्रशासन बढी केन्द्रित हुनु परेको छ । 

बेलझुन्डीलाई प्रदेशस्तरीय कोरोना विशेष अस्पतालको रुपमा संचालनमा ल्याइएको भएपनि यहाँ सधै अक्सिजनको अभाव हुँदै आएको छ । 

प्रदेश सरकार भने मुख्यमन्त्री कै होड्बाजीमा रहेको छ । कोरोना संक्रमणको अवस्थमा यस तर्फ ध्यान दिन जरुरी देखिन्छ । तर प्रदेश सरकार भने आफ्नै राजनीतिमा नतमस्त रहेको छ ।

Last modified on 2021-05-03 09:43:47

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts