रसियन खोप स्पुतनिक-भी ल्याउन अनुमति



Download our app to get more features
Spark_health_home Hotline number ads 2

काठमाडौं, २४ बैशाख । औषधि व्यवस्था विभागले कोभिडबिरुद्धको रसियन खोप स्पुतनिक भीलाई आयात गर्न अनुमति दिएको छ । विभागले विहीबार लोमस फर्मालाई स्थानीय एजेन्टको रुपमा खोप आयात गर्न अनुमति दिएको हो । लोमसले दुई डोज खोपका ३ हजार ४ सय ८५ रुपैयाँमा उपलव्ध गराउने बताएको छ ।

रुसी सरकारी संस्था ग्यामेलिया नेशनल रिसर्च सेन्टरले विकास गरेको यो खोप ९२ प्रतिशत बढी प्रभावकारी भएको बताइएको छ । यो खोप २१ दिनको अन्तरमा दुई डोज लगाउन पर्ने बताइएको छ । भण्डारणका लागि २ देखि ८ डिग्री तापक्रममा राख्न मिल्ने बताइएको छ ।

विभागका महानिर्देशक भरत भट्टराईले स्पुतनिक भी खोप आयातका लागि विहीबार अनुमति दिइएको बताए । 
बुधबार मात्रै विभागले भारतको शेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड हुकुम डिस्टव्युटरर्सलाई र भारत बायोन्टेकले उत्पादन गरेको कोभ्याक्सिन ल्याउन इमराल्ड फर्मालाई अनुमति दिएको थियो ।

उनीहरुले क्रमश दुई डोज खोपका लागि ३ हजार १८ रुपैयाँ र ५ हजार २०० रुपैयाँमा उपलव्ध गराउने प्रस्ताव पेश भएको थियो । 

Last modified on 2021-05-07 18:21:13

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts