अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापन केन्द्रलाई ५ लाख अमेरिकी डलर सहयोग



Download our app to get more features

काठमाडौं, २० वैशाख । शारीरिक अशक्तता भएका बालबालिकाहरुको निम्ति युएसएडले अमेरिकन स्कुल एण्ड हस्पिटल एब्रोड (आशा) मार्फत अमेरिकन हिमालयन फाउन्डेसनलाई ५ लाख युएस डलर सहयोग गरेको छ । 

सो रकम बनेपामा रहेको बालबालिकाको अस्पताल र पुनस्स्थापना केन्द्रको अपरेसन कक्ष र २६ बेडको वार्ड निर्माणमा खर्च गरिने भएको छ । 

सोहि सहयोगमार्फत बालबालिकाहरुको मेरुदण्ड र नसाको अपरेसनको समयमा नसा र दिमागको अवस्थाको सुक्ष्म रुपले अनुगमन गर्न प्रयोग हुने इन्ट्रा अपरेटिभ नर्भ मनिटरिङ्ग सिस्टम (आइओएनएम) नेपाल आइपुगेको छ ।

अन्य सहयोग सामाग्रीहरुमा अल्ट्रासाउन्ड, ब्रोन्कोस्कोप र अपरेसनको निम्ति चाहिने अन्य १ सय ८० वस्तुहरु रहेका छन् । 

अस्पतालको व्यवस्थापन गरिरहेको गैरसरकारी संस्था फ्रेन्डस अफ डिसएबल्डका  अध्यक्ष तथा वरिष्ठ हाडजोर्नी विशेषज्ञ अशोक कुमार वासकोटाले यी सामानहरुले अस्पताललाई थप आधुनिकिकरण गर्न मद्दत पुगेको बताउनुभयो साथै लाखौ बालबालिकाको जीवन सहज बनाउन यी उपकरणहरुले महत्त्वपूर्ण भुमिका खेल्ने हुँदा दाताहरुलाई धन्यवाद पनि दिए। 

अमेरिकन हिमालयन फाउन्डेसनका इरिका स्टोनले अस्पताललाई सहयोग गर्न पाउँदा खुसी लागेको र आगामी दीनमा यसले अझै धेरै बालबालिका लाभान्वित हुने विश्वास व्यक्त गरे । 

यस एचआरडीसी अस्पतालले सानाठूला गरि वर्षमा ४५ हजार अपरेसन गर्ने गर्छ ।

अपरेसन र बिरामीको हेरचाह बाहेक यस अस्पतालले हाडजोर्नी उपचारमा बिरामीहरुलाई लामो समयलाई चाहिने विभिन्न सामग्रीहरु पनि आफै उत्पादन गर्ने गरेको छ ।

Last modified on 2021-05-03 22:37:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts