भरतपुर अस्पतालमा उपचाररत चितवनका कोरोना संक्रमित ५२ वर्षीय पुरूषको मृत्यु



Download our app to get more features

चितवन, ३१ चैत । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा उपचाररत थप एकजना कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुरूषको मृत्यु भएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरूषको मंगलबार बिहान ८ः३० बजेतिर मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । 

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनीलाई यहि चैत २२ गते बेलुकी अस्पताल भर्ना गरिएको थियो । उनमा सोही दिन दिउँसो संक्रमण पुष्टि भएपछि बेलुकी अस्पताल भर्ना गरिएको हो । उनलाई कोभिड आईसियूमा राखेर उपचार शुरू गरिएको थियो । उनको त्यही उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा श्वासप्रश्वासमा समस्यासँगै शरीरमा अक्सिजनको मात्रा कम भएको अस्पतालले जनाएको छ । उनमा जटिल प्रकृतिको कोभिड निमोनिया समेत देखिएको थियो । अस्पतालका अनुसार मधुमेहसँगै उनको  मिर्गौलामा समेत समस्या रहेको थियो । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसमेत गरि जिल्लाभर अहिलेसम्म एकसय १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

Last modified on 2021-04-13 15:54:58

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts