भेला तथा गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह, विद्यालयसमेत बन्द गर्ने तयारी



Download our app to get more features

काठमाडौं, २७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमणको दोश्रो लहर आएको ठहर गर्दै विभिन्न प्रतिबन्धात्मक निर्देशन जारी गर्न सिसिएमसीलाई सिफारित गर्ने तयारी गरेको छ । 

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार अघिल्लो सालमा झैं २५ जनाभन्दा बढि जम्मा नहुन निर्देशन दिनेगरि उच्चस्तरीय समितिलाई सिफारिस गर्ने तयारी गरेको हो । यसअघि मन्त्रालयले राति ९ बजेपछि भिडभाड हुने स्थानहरु बन्द गर्न भनेको थियो । छिमेकी देश भारतमा र नेपालमा समेत पछिल्लो समय भाइरस संक्रमितको सख्या ह्वात्तै बढ्न थालेपछि मन्त्रालयले यस्तो तयारी गरेको हो ।

साथै मन्त्रालयले विद्यालयहरु पनि बन्द गरि अनलाईनबाट कक्षाहरु सञ्चालन गर्न अपिल गर्ने भएको छ । 

पछिल्लो समय बडिरहेको संक्रमणलाई कोभिड १९ को दोश्रो लहरका रुपमा लिइएको छ । सरकारले सबै नागरिकलाई खोप लगाउने जनाएपनि अनुदानमा आएका बाहेक खोपको व्यवस्था गर्न नसक्दा सरकारको चौतर्फी आलोचना भैहरेको छ । 

Last modified on 2021-04-10 06:50:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts