भरतपुर अस्पतालको सूचना अधिकारीको जिम्मेवारी शाखा अधिकृत गौतमलाई



Download our app to get more features

चितवन, ३० चैत । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको सूचना अधिकारीको नयाँ जिम्मेवारी तोकिएको छ । 

सोही अस्पतालमा कार्यरत शाखा अधिकृत कृण्ण प्रसाद गौतमलाई सो जिम्मेवारी दिईएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. वासुदेव पाण्डेले जानकारी दिए ।

डा. पाण्डेका अनुसार सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ६ मा भएको व्यवस्था अनुसार अस्पतालको सूचना प्रवाह गर्ने प्रयोजनको लागि उनलाई अर्को व्यवस्था नहुँदासम्मको लागि सो जिम्मेवारी तोकिएको हो । सूचना अधिकारीको लागि मोवाईल नं. ९८५५०९२२८० व्यवस्था गरिएको छ ।

त्यस्तै, सोही अस्पतालका मेडिकल रेकर्ड अधिकृत नारायण प्रसाद रिजाललाई सहायक सूचना अधिकारीको जिम्मेवारी तोकिएको छ । यसअघि अस्पतालको सुचना अधिकारीमा लीलाधर पौडेल रहेका थिए । उनले कोरोना कहरकाबीच लामो समय आफ्नो जिम्मेवारी कुशलता पूर्वक समालेका थिए ।

यसैबीच सोही अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा. युवानिधि बसौला अस्पतालका प्रवक्ता रहेका छन् । केन्द्रीय अस्पतालमा स्तरोन्नती भएपछि यस अस्पतालमा पहिलोपटक प्रवक्ता नियुक्त गरिएको हो । केन्द्रीय अस्पतालमा प्रवक्ता राख्न पाउने व्यवस्था छ ।

Last modified on 2021-04-14 09:07:03

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts