धापासी विद्यालयमा कान्तिपुर डेन्टल कलेजको दन्त्य शिविर



Download our app to get more features

काठमाडौं, ३० चैत । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल एण्ड रिसर्च सेन्टरले धापासीको एक विद्यालयमा दन्त्य शिविरको आयोजना गरेको छ ।

अस्पतालले धापासीस्थित श्री धापासी माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई मुख स्वास्थ्य र सफाइको बारेमा शिविरमा जानकारी दिएका छन् । 

डा. ओसावा स्माइल प्रोजेक्ट अन्तर्गत शिविरको आयोजना गरिएको थियो ।

सोमवार आयोजित शिविरमा विद्यालयका झन्डै ४ सय बालबालिकाको मुख स्वास्थ्यको जाँच गरिएको थियो । 

शिविरको नेतृत्व गरेकी डा.सुजिता श्रेष्ठले बालबालिको मुखको सफाइ कसरी गर्ने, दाँत माज्दा कसरी माज्ने लगायत बारेमा पनि सिकाइएको थियो ।

४५ जना डाक्टरहरुको टोलीले विद्यालयका बालबालिकालाई ब्रस र टुथपेस्टपनि वितरण गरेको थियो । 

मुख र दाँतको राम्रोसँग सरसफाइ नगर्दा त्यसले देखिन सक्ने स्वास्थ्य समस्या लगायतका विषयमा पनि बालबालिकालाई जानकारी दिइएको शिविरमा खटिएकी डा. सुनिता खनालले बताइन् ।

उनले नेपालमा पछिल्लो समय बालबालिकामा बढ्दो मुख स्वास्थ्य समस्याका कारण उनीहरुलाई मुख स्वास्थ्यको बारेमा जानकारी दिनु आवश्यक रहेकाले पनि शिविरको आयोजना गरिएको बताइन् । 

Last modified on 2021-04-12 20:15:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts