नेसोजको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, आगामी कार्यकालको जिम्मा डा. दंगाललाई



Download our app to get more features

काठमाडौं, २२ चैत । नेपाल सोसाइटी अफ अब्सटेट्रिक्स एण्ड गाइनोकोलोजी (नेसोज) को १५ औं अन्तर्राष्ट्रिय सम्मेलन सकिएको छ ।

महामारीमा मातृ तथा शिशु स्वास्थ्य कायम राख्ने चुनौती शिर्षकमा २०७७ चैत्र २० र २१ मा स्वास्थ्यका मापदण्ड अपनाउँदै सम्पन्न भएको हो । 

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ स्त्री तथा प्रशुती रोग विषेशज्ञ डा. सरस्वती एम पाध्येले  पानसमा दियो बालेर शुभारम्भ गरेकी थिइन् । 

सम्मेलनमा सोधपत्रहरु प्रस्तुतिकरण र कार्यक्रममा सक्रिय सहभमगी हुँदै विभिन्न विधाहरुमा सम्मान र मेडलहरु प्रदान गरिएको थियो । 

वरिष्ठ स्त्री तथा प्रशुती रोग विषेशज्ञहरु डा. भोला रिजात र डा. यमुना सुवाललाई कार्यक्रमकोबीच लाइफटाईम एचिभमेन्ट अवार्ड प्रदान गर्दै वार्षिक साधरण सभा समेत गरियो । 

नेसोजका वर्तमान अध्यक्ष डा. हिरा तुलाधरले (२०१९–२०२१) आगामी कार्यकालका लागी  डा. गणेश दंगाललाई (२०२१–२०२३) ल्भ्क्इन् को जिम्मेवारी हस्तान्तरण गरे । 

कार्यक्रममा ३ सय ५० जनाको अनलाईन सहभागिता हुँदै ८० वटा वैज्ञानिक सोधपत्रहरु, विभिन्न सत्रहरु र १३ वटा पोस्टरहरु प्रस्तुत समेत गरियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts