किशोरकिशोरीमा पनि कोरोना विरुद्धको खोप प्रभावकारी रहेको फाइजरको दावी



Download our app to get more features
Spark_health_home

एजेन्सी, २२ चैत । अमेरिकी औषधि निर्माता कम्पनी फाइजरले आफूले विकास गरेको कोरोनाविरुद्धको खोप किशोरकिशोरीमा निकै प्रभावकारी रहेको दावी गरेको छ ।

हालै सार्वजनिक भएको अनुसन्धान प्रतिवेदन अनुसार कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकले विकास गरेको खोप १२ देखि १५ वर्षसम्मका किशोर किशोरीमा अति प्रभावकारी देखिएको हो ।

खोपले सो उमेर समूहका किशोर किशोरीलाई संक्रमणबाट शतप्रतिशत जोगाउने देखिएको फाइजर–बायोएनटेकले दावी गरेको छ ।

गत बुधबार फाइजर र बायोएनटेकले अध्ययनको संक्षिप्त विवरणसहित वक्तव्य जारी गर्दै किशोर किशोरीमा खोप कत्तिको सुरक्षित र प्रभावकारी छ भन्ने विषयमा केन्द्रित भएर गरिएको अध्ययनबाट खोप सुरक्षित प्रभावकारी देखिएको उल्लेख गरेको थियो ।

फाइजर–बायोएनटेकको खोप १६ वर्ष र सो भन्दा माथिको उमेर समूहका व्यक्तिका लागि सुरक्षित र प्रभावकारी रहेको भन्दै यसअघि नै प्रयोगका लागि अनुमति दिइएको थियो र अहिले विश्वका विभिन्न देशमा खोप अभियान जारी छ ।

तर, बालबालिका तथा १५ वर्षसम्मका किशोर किशोरीका सम्बन्धमा भने अध्ययन जारी छ । सोही क्रममा १२ देखि १५ वर्ष उमेर समूहका किशोर किशोरीमा खोप सुरक्षित र संक्रमण रोक्न शतप्रतिशत प्रभावकारी देखिएको हो ।

खोप लगाएका व्यक्तिहरुमा भाइरससँग लड्ने एन्टीबडीको विकास अति राम्रो गतिमा भएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्ययनको नयाँ नतिजासँगै आफूहरु १२ देखि १५ वर्षसम्मको उमेर समूहका किशोर किशोरीका लागि पनि खोप प्रयोगको स्वीकृति प्रदान गर्न अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) लाई आग्रग गर्ने तयारीमा रहेको फाइजरका सिइओ अल्बर्ट बोउर्लाले बताएका छन् ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts