प्रदुषण बढेका बेला कसरी जोगिने ?



Download our app to get more features
Spark_health_home

काठमाडौं, १७ चैत । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ। प्रि–मनसुनको समयमा औषत भन्दा निकै कम वर्षा तथा डढेलो र औद्योगिक गतिविधिका कारण पछिल्ला दिनहरुमा वायु प्रदुषण बढ्दो क्रममा रहेको वातावरण विभागले जनाएको छ। विभागका अनुसार पछिल्लो केही दिन यता काठमाडौँ, भक्तपुर, ललितपुरसहित हेटौँडा, चितवन, विराटनर, सिमरा, जनकपुर, धनगढीलगायतका क्षेत्रमा वायु प्रदूषण बढेको छ।

पीएम १० सीएम भन्दा साना प्रदुषणको  कणले दीर्घकालिन रुपमा स्वास्थ्यमा मन्द विषले जस्तो नकरात्मक असर पारिरहेको हुन्छ । यसले विसेषगरी श्वासप्रश्वास प्रणलिमा विभिन्न रोगहरु जस्तै दम(आस्मा, सीआपीडी), क्रोनीक ब्रोकांइटीस(खोकी लाग्ने खकार आउने) गराउँदछ । साथै सधैं फोक्सोको, घाँटीको क्यासन्सर जस्ता प्रण घातक रोग लाग्न सक्छ ।  विशेष गरि २.५ पीएम भन्दा साना धुलाको कणहरु फोक्सो भित्रीभाग सम्म पुगेर रक्क्त संचार प्रणालिमा पुगी शरीरभर फैलिन्छ । जसले गर्दा उच्च रक्क्तचाप, हृदयघात, मस्तिष्कघात, डीमेन्सीया जस्ता समस्या हुने जोखिम बढ्छ ।  

बालवालिकाहरुमा पनि वायु प्रदुषणले नकरात्मक असर पर्दछ ।  गर्भमा आमाले श्वासमा लिएको पेटमा रहेको बच्चालाई असर गरेको हुन्छ । जसले गर्दा कम तौलको बच्चा जन्मने, दमको समस्या आउने, अटीजम हुने जस्ता समस्या देखिन सक्छ । 
प्रदुषण कम गर्ने र जोगिने उपायः
वायु प्रदुषण कुनै देस र सप्रदायको मात्रै समस्या नभई अहिले विश्वको नै प्रमुख समस्या बनेको छ । विशेष गरि हाम्रो जस्तो गरिब देस जहाँ अपरिपक्क र गैरजिम्मेवा नीति निमार्ता रहेकाछन् । यस्तो देसमा वायु प्रदुषण  नियन्त्रण गर्न जटिल र पोचिलो छ । यसको विकरा समस्याको गागिदार हाम्रा सन्ततिलाई हुने देखिन्छ । उनीहरुको लागि भएपनि आजको पुस्ताले आजैबाट व्यक्ति समाज र राष्ट्रबाछ नै यो मन्द बिषलाई नियन्त्रण गर्ने कदम चाल्न आवश्यक छ ।

यसको लागि :
- सरकारी तथा प्रशासनको तर्फबाट योजना बनाउने र त्यसलाई व्यवहारीकतामा उतार्ने कार्य हुन आवश्यक छ । जस्तै,  गाउँगाउँमा सुधारिएको चुल्हो प्रयोग गर्न लगाउने, न्युन मुल्यमा       वितरण गर्ने जसले गर्दा बनजंगल विनास पनि रोकिन्छ र प्रदुषण कम हुन्छ । 
- स्वच्छ उर्जाको प्रयोग गर्न लगाउने जस्तै, बिजुलि सौर्य उर्जाको अधिकतम प्रयोगमा पोत्साहन गर्ने । 
- जथाभावी रुपमा प्लाष्टिक तथा झारपात जलाउने काम नगर्ने र त्यसको वैज्ञानिक तथा उचित व्यवस्थापनको व्यवस्था गर्ने । 
- ईट्टाभट्टा शहरी क्षेत्रमा भन्दा बाहिर व्यवस्था गर्ने । त्यसमा पनि वैज्ञानिक तवरले कम प्रदुषण उत्सर्जन गर्ने प्रविधिको व्यवस्था गर्ने । 
- घाँस दाउराको लाभले गर्दा बर्षेनि करोडौं वन्यजन्तु जलेर मर्ने गरेकाछन । मानवीय नाताले पनि अब समाज तथा प्रकृति प्रति उत्तरदायी बन्न आवश्यक छ । 
- शहरमा व्यक्तिगत भन्दा सार्वजनिक स्रोत साधनलाई सुधार गरि चुस्त तथा सेवामुलक बनाउने र विजुलिबाट चल्ने साधनहरुलाई प्रोत्साहन दिन सके अवश्य नै वायु प्रदुषण कम गर्न सकिन्छ । 

प्रदुषण बढेको बेला कसरी जोगिने ? 
- वायु प्रदुषण विशेष गरि साँझ र बिहान बढी हुन्छ । त्यसैले त्यो समयमा अत्यावश्यक काम बाहेक बाहिर नजाने ।( विशेषगरि वृद्ध वृद्धा, बालवालिका तथा श्वासप्रश्वास तथा मुटुसम्बन्धि समस्या भएका ) 
- घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने । 
- सकेसम्म धेरै सवारी चाप भएको ठाउँमा नजाने । 
- घरभित्र पनि संभव भए सम्म कम प्रदुषण उत्सर्जन गर्ने चुल्होको प्रयोग गर्ने, बिजुलि तथा सौर्य उपकरणको प्रयोग गर्ने । 
- सागपात, फलफुल तथा सन्तुलित भोजन गर्ने जसले शरीरलाई स्वस्थ राख्न मद्यत गर्छ ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts