मिर्गौला दिवसको अवसरमा ब्लू क्रसद्वारा डाइलासिस टेक्निसियनहरु सम्मानित



Download our app to get more features
Spark_health_home

काठमाडौं, २ चैत्र । ब्लू क्रस हस्पिटलले मिर्गौला दिवसको अवसर पारेर आफ्ना कर्मचारीहरुलाई सम्मान गरेको छ ।

हरेक वर्ष मार्च ११ मा मनाइने विश्व मिर्गौला दिवसको अवसरमा हस्पिटलले मिर्गाैला रोगीहरुका लागि डाईलासिस प्रविधिबाट उपचार गर्नका लागि विशेष योगदान पुर्याएको भन्दै  डाइलासिस टेक्निसियनहरुलाई सम्मान गरेको हो ।

हस्पिटलले स्वास्थ्य सेवामा लागि परिरहेका प्राविधिकहरु अझै बढि हौसित भई सेवामा अग्रसर हुने भएकाले उनीहरुलाई सम्मान गरिएको हस्पिटलका कार्यकारी व्यवस्थापन समितिका सदस्य–सचिव रजत श्रेष्ठले बताए । 

दिवसको अवसरमा मिर्गौला रोग विशेषज्ञ डाक्टरहरुको भेला गराएर इन्डियन मल्टि नेशनल कम्पनी वाकाडर््को सह संयोजकत्वमा कार्यक्रम पनि गरिएको थियो । 

कार्यक्रममा मिर्गाैला रोगीहरुले अपनाउनुपर्ने सजकता तथा के कसरी यस रोगबाट जोगिन सकिन्छ भन्ने विषयमा वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. सुधा खकुरेलले प्रस्तुतिकरण गरेकी थिइन् । 

त्यस्तै, अर्का वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. रजनी हाडाले किड्नी रोग निवारण तथा उक्त रोगबाट बच्ने विभिन्न टिप्सहरु प्रस्तुत गरिन् । साथै, हस्पिटलका मेडिकल अफिसर इञ्चार्ज डा. अस्मिता राईले पनि विभिन्न जानकारी मुलुक सूचनाहरु प्रस्तुत गरेकी थिइन् । 
 
ब्लू क्रस हस्पिटल नेपालको नीजि हस्पिटलहरुबाट डाइलासिस सेवा उपलब्ध गराउने पहिलो हस्पिटल रहेको तथा नेपाल सरकार संग समन्वय गरि ब्लू क्रसले समेत डाईलेशिस सेवा निःशुल्क प्रदान गर्दै आएको त्यस हस्पिटलका प्रबन्धक सती देवी गौतमले बताइन् ।

Hamro Doctor
Kathmandu Cancer Center alka Norvic Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts