इशान अस्पतालमा पहिलोपटक ल्याप्रोस्कोपी मेसिनद्धारा ४ बर्षिय बालकको सफल शल्यक्रिया 



Download our app to get more features

काठमाडौं, २ चैत्र । इशान बाल तथा महिला अस्पतालमा पहिलो पटक आधुनिक पेडियाट्रिक ल्याप्रोस्कोपी  मेसिनद्धारा ४ बर्षिय बालकको सफल शल्यक्रिया गरिएको छ । 

चार बर्षिय बालकको दाहिने अण्डकोष पेटमा भएकाले पेडियाट्रिक ल्याप्रोस्कोपी मेसिनद्धारा शल्यक्रिया गरिएको हो ।  

अस्पतालका अनुसार आधुनिक ल्याप्रोस्कोपी मेसिनद्धारा ती बालकको पेटमा रहेको दाहिने अण्डकोषलाई सोहि भागको अण्डकोषको थैलोमा सफलतापूर्वक राखिएको छ ।  

यस्तो स्वास्थ्य समस्याको समाधानका लागि शल्यक्रिया गर्दा पेट चिरेर गर्नुपर्ने भएपनि ल्याप्रोस्कोपिक सर्जरीबाट (पेटमा सानो प्लाव बनाएर)  सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । 

प्रा.डा.रामानन्द प्रसाद (आर.पि. चौधरी, डा निरपेक्ष राज भण्डारी, डा संञ्जय कुमार शाह, र एनेस्थेसिया चिकित्सक डा. छन्द बहादुर बुढाथोकी लगायत नर्सिङ टोलीको संलग्नातामा पहिलो पटक यस्तो शल्यक्रिया गरिएको हो । 

फागुन २८ गते यसरी आधुनिक ल्याप्रोस्कोपी मेसीनबाट शल्यक्रिया गरिएका ती बालक शल्यक्रिया भएको भोलिपल्ट नै अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts