महामारीका बेला वयोधा अस्पतालले माग्यो नर्स, एक सिफ्टको २ हजार



Download our app to get more features

काठमाडौं, १९ वैशाख । वयोधा अस्पतालले कोरोना वार्ड सञ्चालनका लागि थप जनशक्तिको माग गरेको छ ।

काठमाडौंको बल्खुस्थित वयोधा अस्पतालले कोरोना माहामारीको वर्तमान परिस्थितिमा बिरामीलाई समस्या नहोस् भन्दै थप कोभिड बेड थप गरेको छ । जसका लागि जनशक्तिको आवश्यकता परेको अस्पतालले जनाएको छ ।

अस्पतालमा भएका कर्मचारीले भ्याउन नसक्ने भएकाले अस्पतालले नर्सहरुको माग गरेको हो । अस्पतालका अनुसार आवेदनबाट छनौट भएका कर्मचारीलाई तलब बाहेक दैनिक २ हजारका दरले जोखिम भत्ता उपलब्ध गराइने छ ।

साथै आवेदन दिने नर्सहरु नर्सिङ काउन्सिलबाट मान्यता प्राप्त र कम्तिमा एक वर्षको काम गरेको अनुभव भएको हुनु पर्नेछ ।  यसका साथै अस्पतालले गर्भवति र स्तनपान गराउने तथा गम्भीर स्वास्थ्य समस्या भएकाहरुलाई नलिने पनि अस्पतालले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts