चितवनका युवाको खबरदारीः ‘आईसियू, अक्सिजन र बेड अभावमा बिरामीको मृत्यु नहोस्’



Download our app to get more features

चितवन, २८ वैशाख । चितवनका युवाहरूले कोरोना महामारी नियन्त्रणमा गम्भीर भएर लाग्न सम्बन्धीत निकायलाई निरन्तर खबरदारी गर्दै आएका छन्।

कोरोना महामारी नियन्त्रणमा जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिका गम्भीर नभएको भन्दै युवाहरुले खबरदारी स्वरूप मंगलबार प्रशासन अगाडि शान्तिपूर्ण प्रदर्शन गरेका छन् । 

युवाहरुले विभिन्न प्रश्न तथा महामारीमा प्रशासन र अन्य सरोकारवालाले गर्नुपर्ने कामको विषयमा लेखिएका प्ले कार्ड मार्फत प्रशासनको ध्यानाकर्षण गराएका थिए ।  

‘आईसियू नभएर जाँदै छ ज्यान, सिडिओ साबको कता छ ध्यान’, ‘यो महामारीमा दायित्व स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मात्रै रु’, ‘महामारीको पूर्व तयारी खोइ रु’, ‘देशकै मेडिकल सिटीमा, जनता मर्नुपर्ने अस्पतालको पेटीमा’ लगायतका नारा सहितको प्लेड कार्ड बोकेर युवाहरूले प्रदर्शन गरेका थिए ।

युवाहरूको यो समूहले यसअघि पनि जिल्ला प्रशासन कार्यालय तथा स्वास्थ्य कार्यालय चितवनलाई खबरदारी गर्दै आएका छन् ।

सोही अभियानका एक युवाले कोरोना संक्रमितलाई अस्पतालसम्म लैजान निःशुल्क गाडीको व्यवस्था गरेका छन् ।

भरतपुरस्थित चितवन मेडिकल कलेजमा कार्यरत अमृत काफ्लेले आफ्नै व्यक्तिगत गाडीलाई संक्रमितलाई बोक्न प्रयोग गरेका हुन । केही दिनदेखि यो अभियानको थालनी गरेको उनले बताए ।

एम्बुलेन्स नपाउको खण्डमा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन व्यक्तिगत गाडीलाई नै प्रयोग गर्न थालिएको काफ्लेले बताए । उनी आफै गाडी चलाएर संक्रमितको उद्धारमा खटिएका छन् ।

Last modified on 2021-05-12 18:06:50

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts