ललितपुरमा पहिलो पटक सि.टी. स्क्यानसहित विशेषज्ञ सेवा दिँदै एक्सपर्ट क्लिनिक



Download our app to get more features

ललितपुर, २४ वैशाख । ललितपुरमा पहिलो पटक क्लिनिकमै सि.टी. स्क्यान तथा नशा/स्नायूसम्बन्धी सम्पूर्ण परीक्षणको सुविधा र विशेषज्ञ सेवा सुरु भएको छ ।
  
ललितपुरको इटि चोकमा रहेको एक्स्पर्ट क्लिनिकमा पहिलो सि.टी. स्क्यानर र अन्य सम्पूर्ण सेवा सुविधा रहेको छ ।

मङ्सिर २८ देखि आफ्नो सेवाहरु प्रदान गर्दै आइरहेको एक्सपर्ट क्लिनिकले कोरोना महामारीकाबीच पनि उच्च सतर्कता अपनाएर सेवालाई जारी राखेको छ ।

क्लिनिकका अध्यक्ष उपेन्द्र आचार्यले क्लिनिकमा बहिरंग सेवा, रेडियोलोजी, प्रयोगशाला, फार्मेसी, डाइटिसियन सेवा,     दन्तरोग, न्यूरो फिजियोलोजी, खोप लगायतका सेवा पनि दिने गरिएको बताए ।
 
उनले क्लिनिकमा आउने बिरामीहरुले सुलभ मूल्यमा सहज ढंगबाट गुणस्तरीय सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले विभिन्न प्रकारका परीक्षण, उपचार र परामर्शको स्वास्थ्य प्याकेजहरु पनि उपलब्ध गराउँदै आएको जानकारी दिए । 
 
नेपालको स्वास्थ्य चिकित्सा क्षेत्र र यसमा संलग्न रोग पहिचान, उपचार र नियन्त्रणका प्रविधहरुमा उल्लेखनिय विकास भएको भन्दै आचार्यले चिकित्सा क्षेत्रमा भएको आमूल परिवर्तनसँगै मानिसहरुमा आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्यलाई लिएर जागरुकता र सचेतनाको पनि वृद्धि भएको बताए । 

उनले अझैपनि मानिसहरुमा आफ्नो रोगको उचित पहिचानका निमित्त कस्तो किसिमको समस्याका लागि कहाँ जाने अथवा कस्तो रोगको लागि कहाँ उचित सेवा उपलब्ध होला भन्ने ज्ञान अभाव र अलमल रहने हुँदा एकै ठाउँमा सबै सेवाल सवाग्राहीलाई सहज हुने विश्वास व्यक्त गरे ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts