चितवनमा गत २४ घण्टामा १० जना कोरोना संक्रमितको मृत्यु, २ सय ४० जना आईसीयूमा



Download our app to get more features

चितवन, २८ वैशाख । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित मध्ये गत २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा उपचाररत् ३ जना, चितवन मेडिकल कलेजमा उपचाररत् ५ जना, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचाररत् १ जना र भरतपुर महानगरपालिमा होम आइसोलेसनमा रहेका एकजनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा ४ जना चितवनका छन् । बाँकी ६ जना विभिन्न जिल्लाबाट यहाँ उपचारका लागि आएका मध्यबाट छन् ।

४४ जना डिस्चार्ज
गत २४ घण्टाभित्र चितवनका ३ ठुला अस्पतालमा उपचाररत् संक्रमितमध्ये ४४ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार भरतपुर अस्पतालमा उपचाररत् १५ जना, चितवन मेडिकल कलेजमा उपचाररत् २३ जना र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचाररत् ६ जना निको भएर घर फर्किएका हुन ।

जिल्लाभर ४ सय ३० जना उपचाररत्, २ सय ४० जना आईसीयूमा

स्वास्थ्य कार्यालयका अनुसार अहिले जिल्लाका विभिन्न अस्पतालमा गरी ४ सय ३० जना उपचाररत् छन् ।

जसमध्ये २ सय ४० जनाको आईसीयू र ४९ जनाको भन्टिलेटरमा उपचार चल्दै छ ।

चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा १० जनाको आईसीयू, चितवन मेडिकल कलेज (सिएमसी) मा १ सय ५८ जनाको आईसीयू र ३६ जनाको भन्टिलेटरमा उपचार चल्दै छ । त्यस्तैगरी कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा ६२ जना आईसीयू र १३ जना भन्टिलेटरमा उपचाररत् छन् । 

अन्य १० जना भने जिल्लाका विभिन्न अस्पतालमा आईसीयूमा उपचाररत् रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । यसरी उपचाररत रहनेमा अन्य जिल्लाका संक्रमित समेत रहेका छन् ।

सक्रिय संक्रमितको संख्या २९ सय नाघ्यो
स्वास्थ्य कार्यालय चितवनका अनुसार मंगलबार दिउँसोसम्म जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या २ हजार ९ सय ९ पुगेको छ । 

जसमध्ये २ हजार ३ सय ६९ जना भरतपुर महानगरपालिका भित्रका मात्रै छन् । बाँकी ५ सय ४० जना संक्रमित हुनेमा जिल्लाका अन्य छ स्थानीय तहका छन् । संक्रमित मध्ये २ हजार ७ सय ९ जना होम आइसोलेसनमा छन् । त्यस्तै जिल्लाका २ सय जनाको अस्पताल भर्ना गरी उपचार गरिदैंछ ।

एकसय ४५ जनाको मृत्यु 
योसँगै जिल्लाभर अहिलेसम्म कुल संक्रमित हुनेको संख्या १० हजार १ सय ९९ पुगेको छ । जसमध्ये ७ हजार १ सय ४५ जना निको भईसकेका छन् ।  संक्रमितमध्ये अहिलेसम्म एकसय ४५ जनाको मृत्यु भएको छ ।

Last modified on 2021-05-11 18:43:04

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts