लगातार दोस्रोदिन ९ हजारभन्दा बढीमा संक्रमण, सक्रिय संक्रमिको संख्या एक लाख नजिक



Download our app to get more features

काठमाडौं, २८ वैशाख । नेपालमा थप ९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ९ ४ सय ८३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २१ हजार ३ सय १६ कोरोना परीक्षण गरिएको छ । जसमा २० हजार ५ सय ९६ आरटी पिसिआर विधिबाट र ७ सय २० एन्टीजेन विधिबाट परीक्षण गरिएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ ।

यस्तै गत २४ घन्टामा कोरोनाका कारण संक्रमित भएकामध्ये ५ हजार २ सय २५ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ । यो दर कुल संक्रमितको ७५ दशमलव ५ प्रतिशत हो ।

हाल देशभर ९७ हजार ८ सक्रिय संक्रमित रहेका छन् । जसमा ८९ हजार ९ सय १४ जना होम आइसोलेसनमा छन् भने ७ हजार ९४ जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् ।

Last modified on 2021-05-12 08:25:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts