डोटीको बडीकेदार गाउँपालिकामै कोरोना संक्रमितको उपचार हुँदै



Download our app to get more features

डोटी, २८ वैशाख । डोटीको बडीकेदार गाउँपालिकामै कोरोना संक्रमितको उपचार भइरहेको छ । गाउँपालिकाले स्थापना गरेको अस्थायी कोभिड अस्पतालले सोमबारबाट उपचार सुरु गरेको हो ।

अस्पतालमा आइसोलेसन कक्षसहित १० वटा बेडको व्यवस्था गरिएको छ। ती १० वटै बेडमा अक्सिजन समेत व्यवस्था गरिएको छ ।
 
संक्रमितको उपचारमा एमबीबीएस डाक्टर सुरज श्रेष्ठ सहितको टिम खटिएको छ । अहिले कोभिड अस्पतालमा मेडिकल अधिकृतसहित एकजना हेल्थ एसिसटेन्ट, एकजना अनमी, एकजना सिएमए र एक जना कार्यालय सहयोग कार्यरत छन् । 

हाल उक्त अस्पतालमा एकजना कोरोना संक्रमितको उपचार भइरहेको डाक्टर श्रेष्ठले बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts