कोरोना महामारीमा अस्पतालमा अक्सिजन अभाव हुन नदिन अधिकारीको यस्तो छ सुझाव 



Download our app to get more features

विश्व यतिखेर कोरोना भाइरस (कोभिड–१९) महामारीले आक्रान्त छ । नेपाललगाएत विश्वभर अधिकांश मुलुकमा संक्रमित दिन प्रतिदिन थपिने क्रममा छ ।

संक्रमित अधिकांशमा शरीरमा अक्सिजनको मात्रा कम देखिने समस्या देखिएको छ । अझै भनौं संक्रमित कृतिम अक्सिजनमा भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ । ठाउँ–ठाउँमा अक्सिजन अभाव भएको तथा अक्सिजन अभावकै कारण बिरामीले अकालमा मृत्युवरण गर्नु परेको दुःखद खबर सुन्निएको छ । अझै भनौं यो तीतो यथार्थ तपाईं हामी सामु देखिएको छ ।

यो महामारीमा प्राणवायु अक्सिजनको नियमन आवश्यक छ । उद्योगमा प्रयोग गर्ने अक्सिजनलाई बन्द गरी अस्पतालमा मात्र प्रयोग केन्द्रित गरिनु आजको आवश्यकता र माग हो । 

अस्पताललाई सहज रूपमा अक्सिजन उपलब्ध गरिनु पर्ने यो समय हो । तर, अस्पतालले आवश्यक अक्सिजन सिलिन्डर लिन सिफारिस लिनुपर्नेले झन्झट थपिएको छ । यो निर्णय अव्यवहारिक छ । 

यस निर्णयले बिरामीले कसरी सहज तरीकाले सेवा पाउन सक्छन भन्ने कुरालाई ध्यान दिनुको सट्टा बेड नपाउने तथा अक्सिजन अभावका कारण अस्पतालबाट लखेटिनु पर्ने बाध्यता सिर्जना हुनेछ । सिफारिस लिन कर्मचारि खटाएर कहिले अक्सिजन आउँला अनि बिरामीको उपचार गरौंला भनेर कुर्दा धेरैको अकालमा ज्यान समेत जानसक्छ । 

अक्सिजन अभावमा बिरामीले झन बेड नपाउने अनि अस्पताल लाचार भएर बस्नुपर्ने वातावरण बन्नेछ । प्रकिृया लामो तथा कठिन बनाउँदा बिरामीले दुःख तथा झन सास्ति पाउनेछन् । धेरैले ज्यान गुमाउनु पर्नेछ । 

यस्तै विभिन्न कारणले अस्पतालले भट्टाभट बिरामी लिन नसकिने विज्ञप्ति निकाल्न थालेकना छन् । स्थिति अझै भयावह उन्मुख बन्दैछ । अक्सिजन बिना कोरोनाका बिरामीको उपचार सम्भव छैन । त्यस्ता निर्णय नसच्याउने हो भने अब बेड खालि हुदा समेत अक्सिजन अभावकै कारण अस्पतालले भर्ना लिन नसक्ने अवस्था आउँछ । अस्पतालको गेटमा मानिसको ज्यान जान थाल्नेछ ।

अक्सिजन अभाव हुन नदिन अक्सिजन उद्योग तथा अस्पतालमा सञ्चालनमा रहेका अक्सिजन प्लान्टहरुलाई पूर्ण क्षमतामा चौबीसैघन्टा सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्छ । घरमा अनावश्यक रूपमा अक्सिजनका सिलिन्डर नराख्न समेत अनुरोध छ ।

विभिन्न अस्पतालमा उच्च क्षमताको अक्सिजन प्लान्ट छिट्टै स्थापना गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्छ । साथै, अक्सिजन वितरण प्रणालीलाई चुस्तदुरूस्त बनाउनु पर्छ ।

(लेखक अधिकारी निजी अस्पताल समन्वय समिति चितवनका सचिव एवम् नेशनल सिटी हस्पिटल भरतपुरका प्रबन्धक हुन्)

Last modified on 2021-05-11 06:44:11

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts