अक्सिजन आपूर्ति सहज गराईदिन अल्का अस्पतालको आग्रह 



Download our app to get more features

काठमाडौं, २६ बैशाख ।  ललितपुरको अल्का अस्पतालले कोरोना संक्रमितको उपचार गर्न कठिन भएकाले अक्सिजन आपूर्ति सहज गराईदिन आग्रह गरेको छ ।  आज विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश सरकार तथा स्थानिय सरकारलाई अक्सिजन आपूर्ति सहज गराइदिन आग्रह गरेको हो । 

अक्सिजन नभएकाले संक्रमितको उपचार गर्न गाह्रो भएको विज्ञप्तिमा उल्लेख छ ।  दैनिक एक सय पचास सिलिण्डर अक्सिजन पर्ने भए पनि ४६ ओटा मात्रै अन्तिरिक रुपमा उपलब्ध गराउन सक्ने अस्पतालले जनाएको छ । 

यता, चाबहिलका चार अस्पतालले अक्सिजन अभावका कारण कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने भनेर घोषणा गरिसकेका छन् । 

Last modified on 2021-05-09 12:08:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts