केडिसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा र्यापिड पिसिआर ल्याब भोलिदेखि सञ्चालन गर्ने



Download our app to get more features

काठमाडौं, २९ भदौ । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा र्यापिड पिसिआर ल्याब सञ्चालनमा ल्याउने भएको छ ।

विभिन्न मुलुकहरुमा जाने व्यक्तिहरुलाई मध्यनजर गर्दै सेन्टरले भोलिदेखि सञ्चालनमा आउने गरी सोमवार ल्याबको सथापना गरेको छ ।

पछिल्लो समय नेपालबाट विमानस्थल हुँदै बाहिरिने व्यक्तिहरुका लागि ७२ घण्टा (३ दिन) र विमान उड्नुभन्दा ४ घण्टा भित्रको पिसिआर रिपोर्ट अनिवार्य गरेसँगै पिसिआर परीक्षण गराउनेहरुको भिँड हुन थालेपछि अस्पतालले सर्वसाधारणलाई सहज होस भनेर ल्याब स्थापना गरेको हो ।

Singuway नामक ब्राण्डको मेसिनमार्फत सर्वसाधारणहरुको पिसिआर जाँच गरि ३० मिनेटमा नै रिपोर्ट दिनसक्ने र बजारमा देखिएका अरु ल्याबहरु भन्दा छिटो, भरपर्दाे र सर्वसुलभ मूल्यमा सुविधा दिन सक्ने अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले बताए ।

साथै उनले कोभिड १९ को महामारिमा आधुनिक उपकरणहरुको प्रयोग गर्दै सेवा दिने प्रतिवद्धता पनि व्यक्त गरे ।

दन्त स्वास्थ्यमा एउटा छुट्टै छवि बनाएको केडिसीले जेनरल हस्पिटलको सेवा सुचारु गरेको पनि लगभग ८ वर्ष बितिसकेको र आगामी दिनमा विभिन्न किसिमका स्वास्थ्य सेवा विस्तार गर्दै सामाजिक कार्यमा अग्रणी भुमिका निर्वाह गर्ने पनि डा.श्रेष्ठले बताए ।

Last modified on 2021-09-14 08:26:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts