विश्व रेबिज विरुद्धको दिवस

जनावरले टोक्ने बित्तिक्कै सुई लगाए रेबिजको संक्रमण हुँदैन



Download our app to get more features

काठमाडौं, १२ असोज । जनावरले टोक्ने बित्तिक्कै सुई लगाए रेबिजको संक्रमण नहुने डाक्टरले बताएका छन् । ९९ प्रतिशत कुकुरको टोकाइबाट मानिसमा रेबिज लाग्ने गरेको र कुकुरले टोक्नेबित्तिक्कै रेबिज विरुद्धको सुई लगाए डराउनु नपर्ने शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डाक्टर अनुप बास्तोलाले बताए । 

रेबिज लागेमा टाउको दुख्ने, ज्वरो आउने, घाँटी, जीउ दुख्ने, चिडचिडाहट हुने, अँध्यारो सुनसान कोठामा एक्लै बस्न रूचाउने लगायतका लक्षण देखा पर्छन् । शहरी क्षेत्रमा कुकरले टोक्ने बित्तिक्कै सुई लगाउन सकिने भए पनि गाउँघरमा भने अस्पताल तथा स्वास्थ्य चौकी टाढा हुने भएकाले सुई नलगाइ बस्न नहुने उनले बताए ।  

कुकुरले टोक्ने बितिक्कै सुई लगाउन सुविधा नभए पनि दुईरतीन दिन भित्रमा सुई लगाउँदा पनि हुने र दुईरतीन दिनमा पनि सुई लगाउने सुविधा नभए तीनरचार महिनामा भए पनि सुई लगाउनुपर्ने बास्तोलाले बताए । 

सन् २०३० सम्ममा रेबिजबाट हुने मानिसको मृत्यु शून्यमा झार्न सरकार पनि लागि परेको उनको भनाइ छ । एक ब्यक्तिबाट अर्को व्यक्तिमा र्‍यालबाट मात्रै सर्ने रेबिज छुँदा भने सर्दैन । 

रेबिजबारे जान्नै पर्ने केही कुरा :

रेबिज भाइरस नशाबाट हिँड्छ । यो नशाबाट दिमागमा जान झण्डै दुई तीन महिना लाग्छ । कुकुरले टोक्नेबित्तिकै रेबिजविरुद्धको सुई दिएर शरीरमा शक्ति बनाउन सकियो भने दिमागमा नपुग्दै उत्रिन्छ र रेबिज संक्रमण हुन पाउँदैन । 

शंकास्पद कुकुरले टोकेको छ भने सकेसम्म छिट्टै सुई लगाउनुपर्छ । यो भाइरस नशाबाट दिमागमा पहिला जान्छ । दिमागमा पुग्ने बित्तिकै लक्षणहरु देखा पर्न थाल्छन् । त्यसपछि यो र्‍यालमा देखा पर्न थाल्छ । रेबिज भएको व्यक्तिको र्‍यालको संसर्ग र छिर्ने ठाँउ आँखामा, नाकको न्युकोजा र घाउ भएको ठाउँमा पर्‍यो भने सर्ने जोखिम धेरै हुन्छ । 

रेबिज नियन्त्रणका लागि कुकुर मारेको घटनाहरु बहिर आइरहेको छ । उनीहरुको पनि आफ्नो अधिकार हुन्छ, यस्तो अमानवीय काम गर्न हुँदैन । कुकुरलाई बन्ध्याकरण गर्ने कार्यहरु पनि भएको  थियो । बन्ध्याकरण महँगो पनि हुन्छ, यो गर्नाले जनसङख्यामा मात्र कमी आउँछ । रेबिज नियन्त्रण हुँदैन । 

जनावरमा जबसम्म रेबिज नियन्त्रण गर्न सकिँदैन तबसम्म मानिसमा रेबिज नियन्त्रण गर्न निकै कठिन हुन्छ । रेबिज नियन्त्रणका लागि सबैभन्दा सहज तरिका हाम्रो वरिपरि रहेका कुकुरलाई रेबिजविरुद्धको सुई लगाउनुपर्छ ।

मानिसमा लगाइने रेबिजविरुद्धको सुई लगाउने वातावरण मिलाउनुपर्छ । कुकुरले टोकेको हरेक मानिसलाई सुई लगाउनुपर्छ र त्यसबारे सुसूचित गराउनुपर्छ ।

Last modified on 2020-09-28 14:28:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts