ह्याम्समा क्रिटिकल केयर नर्सिङ्ग तालिम सुरु



Download our app to get more features

काठमाडौं, ३ असोज । ह्याम्स अस्पतालमा क्रिटिकल केयर नर्सिङ्ग तालिम सुरु भएको छ । आजबाट अस्पतालले उक्त तालिम सुरु गरेको हो ।   

अस्पतालले आइसीयुमा रहेका बिरामीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर राख्दै उक्त तालिम सुरु गरेको हो ।

देशैभरीबाट आइसीयुमा काम गर्ने ३१ जना नर्सहरुले तालिममा सहभागीता जनाएका छन् । नर्सिङ्ग काउन्सिलबाट नर्सको लाइसेन्स लिएकाहरुले क्रिटिकल केयर नर्सको तालिम लिन सक्ने छन् ।

ह्याम्समा क्रिटिकल केयर नर्स तालिम लिने यो दोस्रो व्याच हो । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts