केडिसी जनरल अस्पतालले एकसय शैया छुट्याएर कोरोना संक्रमित बिरामीको उपचार गर्दै



Download our app to get more features

काठमाडौं, २३ वैशाख । केडिसी जनरल  हस्पिटलले कोरोना संक्रमितको उपचारका लागि एक सय शय्या छुट्याएको छ ।

पछिल्लो समय कोरोना महामारीको दोस्रो चरणको लहर सुरु भएसँगै बिरामीहरुलाई उपचारमा समस्या हुन सक्ने भन्दै अस्पतालले १ सय शय्या छुट्याएको हो ।

अस्पतालका प्रमुख डा.बुद्धिमान श्रेष्ठले कोरोनाको पहिलो चरणको लहरमा पनि २ सय बेड छुट्याएर कोरोना संक्रमितको उपचार गरेको र दोस्रो लहरमा पनि १ सय शय्या छुट्याएर उपचार गरिरहेको बताए ।

उनले कोरोना महामारीविरुद्धको लडाईमा सरकारसँगै हामी रहेको र सोही अनुसार बिरामीलाई सेवा दिइरहेको बताए ।

उनले भने, ‘पहिलो चरणको लहरको क्रममा हामी आफै सरकारसँग गएर सम्झौता गरेका थियौं बिरामीको उपचारका लागि भने यस पटक सरकारकै तर्फबाट टोली आएको थियो । सम्झौता भइनसकेपनि कुराकानी हुँदैछ । तर, हामीले सम्झौता नहुँदै पनि आफ्नो तर्फबाट उपचार सुरु गरिसकेका छौं ।’

डा. श्रेष्ठका अनुसार हाल अस्पतालमा कोरोनाका लागि छुट्याइएका १ सय मध्ये ६० बेडमा बिरामी उपचाररत रहेका छन् । १२ वटा आईसीयू र ३ वटा भेन्टिलेटरसहितको बेड रहेको छ । जसमा १२ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् भने ३ जना हाइ प्mलो अक्सिजनमा रहेका छन् ।

उनले अस्पतालमा काठमाडौं उपत्यकासहित बुटवल, पोखरा, कपिलवस्तु लगायत बाहिरी जिल्लाबाट पनि कोरोनाका बिरामीहरु आउने गरेको जानकारी दिए ।

डा.श्रेष्ठले संक्रमणको दर बढ्दै गर्दा अस्पताल भर्ना हुने बिरामीको संख्या पनि बढ्दै गएको र पछिल्लो समय अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या पनि वृद्धि भएका आवश्यकता अनुसार थप तयारी गरिने पनि बताए ।

केडसी जनरल हस्पिटलले कोरोना महामारीको पहिलो चरणको लहरमा पनि कोरोना संक्रमित बिरामीको उपचार गरेको र यसवर्ष पनि बिरामीको सेवामा लागिरहेको छ । 

Last modified on 2021-05-06 15:15:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts